Powered by Blogger.
मकवानपुरको बकैया ५ पावसमा पशु स्वास्थ्य शिविर

बकैया,३ साउन / जिल्ला पशु सेवा कार्यलय मकवानपुरले भुकम्प पिडीत कृषकहरुलाई पशु औषधि वितरण गरेको छ । बकैया गाँउपालिका वडा नं ५ पावसमा कृषकहरुलाई पशु शिवीर सहित औषधि वितरण गरेको हो ।

जिल्ला पशु सेवा कार्यलयका प्रमुख रामप्रकाश प्रधान, पशु चिकीत्सक सजिवकुमार ठाकुर तथा पशु कार्यलय हेटौँडाका योजना अधिकृत डाक्टर सुरेन्द्र यादव सम्मीलीत टोलीले आज बुधवार पावसमा पशु स्वास्थ्य शिवीर सञ्चालन गरी राय परामर्श सहितको औषधि वितरण गरीएको डा संजिवकुमार ठाकुरले जानकारी दिनुभयो ।

 मकवानपुर जिल्लाको थाहा नगर मा २ वटा शिवीर, नामटार र बकैया यो सहित शिविर सञ्चालन भइसकेको डाक्टर ठाकुरले बताउनुभयो ।

भने मनहरीमा शिवीर सञ्चालन हुन बाकिँ छ । उहाँका अनुसार शिवीरमा ८० हजार भन्दा वढीको औषधि छन । लिभरटोनिक, मल्टी भिटामिन,जुका, नाम्ले, ज्वरो लगायतका ११ थरीको औषधि वितरण गरीएको छ । नेपाल सरकार राष्ट्रिय पुर्ननिर्माण को सहयोगमा भएको कार्यक्रममा बकैया गाँउपालिका उपाध्यक्ष सरला बोलखे , ५ नं वडा अध्यक्ष शेरमान घलान,पावस दुग्ध सहकारी सस्थाँका अध्यक्ष धर्मराज लामिछाने लगायतको उपस्थिती थियो ।

0 comments

Write Down Your Responses