Powered by Blogger.
सहकारीद्धारा पशुपालक कृषकलाई नगद वितरण

बकैया,३ साउन /  पवस दुग्ध उतपादक सहकारी सस्थाँले आज सस्थाका पशुपालक कृषक सदस्यलाई आज नगद वितरण गरेको छ । 

नेपाल सरकार ब्यवसायिक पशुपालक कृषक सदस्यहरुलाई प्रोत्साहन कार्यक्रम अर्थात पाइलट कार्यक्रम अन्र्तगत जिल्ला पशु सेवा कार्यलयका प्रमुख लगायत स्थानियको उपस्थीतीमा वितरण गरेको हो । सहकारीमा हाल दैनिक ७ सय लिटर दुध संकलन हुन्छ भने सहकारीमा १ सय २२ सदस्य रहेका छन ।

 उनिहरुलाई प्रतिलीटर रु १ अनुदान अन्र्तगत १ लाख ८६ हजार ३ सय ४९ रुपैया वितरण गरीएको सहकारीका व्यवस्थापक युवराज लामिछाने बताउनुभयो । सहकारीको प्राङ्गणस्थलमा भएको कार्यक्रमा बकैया गाँउपालिका उपाध्यक्ष सरला बोलखे , ५ नं वडा अध्यक्ष शेरमान घलान समेतको उपस्थिती थियो ।

 कार्यक्रम दुग्ध सहकारी सस्थाँका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा भएको थियो । स्मरण रहोस दुवै कार्यक्रम छुट्टाछुट्टै तर सगँसगैँ गरिएको थियो ।

0 comments

Write Down Your Responses