Powered by Blogger.
एनआरएन अमेरिका निर्वाचन र गौरी जोशीको बखेडा


अमेरिका संवाददाता

अमेरिका । एनआरएन एनसिसि अमेरिकाको अध्यक्षमा उम्मेदवार दावी गरिरहेका गौरी जोशी निर्वाचन समितिद्वारा जारी गरेको अन्तिम लिष्टमा समेत आफ्नो नाम नआएपछि रुवाबासी गर्दै हिँडेका छन् । 

विधि विधान र प्रक्रिया विपरित गई एक्कासी संस्थाको अध्यक्षमा उम्मेदवारी दावी गरेपनि निर्वाचनमा भाग लिन नपाउने भएपछि उनलाई रुवाबासी गर्नुपर्ने अवस्था सिर्जना भएको हो । 

उम्मेदवारी दिन नपाउने भएपछि जोशी यतिखेर अनेक बखेडा निकाल्ने र निहँु खोज्ने काम गरिरहेका छन् । अझ चाख लाग्दो कुरा त के छ भने उनी आफुलाई एनआरएन एनसिसि अमेरिकाको अध्यक्षमा स्वविजय भएको घोषणा गर्दै हिडेका छन् । 

त्यतिमात्रै होइन अबको ६ महिना भित्रमा संस्थाको लागि भन्दै १ लाख डलर आपतकालिन कोष जम्मा गर्ने , १ बर्ष भित्र टेक्सासमा एनआरएन अमेरीकाको ३ तले भवन बनाउने  गफ दिँदै हिँडेका छन् ।  जुन गफलाई धेरैले हावादारी मानेका छन् । निर्वाचनमा भाग लिन नपाएको झोक यसरी ओकल्दै हिडेपछि जोशी माथी अमेरिकी एनआरएनहरुले अनेक टिकाटिप्पणी गर्न थालेका छन् । 

जोशीको अमेरिका बसाईको कथा बिसौं वर्ष भन्दापनि लामो रहेको दावी गरेपनि संस्थागतरुपमा अहिलेसम्म एनआरएन अमेरिकामा उनको उपस्थिती कतै नदेखिएको बताइएको छ । जोशिसंग निकट भएर काम गर्ने  एक एनआरएन भन्छन्– ‘अमेरिका आएको २०÷२२ बर्ष भयो रे,  म संस्था स्थापनादेखी आजको दिनसम्म निरन्तर लागीरहेको छु तर ति गौरी जोशी संस्थागतरुपमा कतै देखिएनन् अनि विधिविधान र प्रक्रिया नै नबुझी आज आएर कसैको बहकाउमा एक्कासी अध्यक्षको उम्मेदवार दावी गर्नु केटाकेटीपन हो ।’ 

एनआरएनए अमेरिका स्थापना भएको एकदशक सम्म जोशी कहाँ गएका थिए ? अहिले जताततै प्रश्न उब्जिएको छ । नजिकबाट चिन्नेहरु  भन्छन्– ‘उनी एक म्यानपावर व्यवसायी हुन् र वेरोजगार युवाहरुलाई रोजगारको सपना बेचेर डलर कमाउने चतुर ब्यक्ति हुन् । रोजगारको नाममा दलाली गरी युवाहरुको श्रम शोषण गरिहेका उनीमाथी आरोप छ ।  

उनलाई संस्थासँग कुनै सरोकार नै थिएन । कसैले उचालेका कारण जोशीमा अध्यक्ष बन्ने मोह पलाएको अर्का एनआरएन बताउँछन् । 

उनको समाजसेवा भनेको कुनै बेला नेपाली समाज टेक्सास (एनएसटी)को अध्यक्ष हुनु हो । त्यो भन्दा बाहेक अरु केहि देखिएको छैन । उनि एनएसटीको अध्यक्ष हुँदा समाजसेवा भन्दापनि डलरखेतिमा बढी ब्यस्त थिए । 

अझ एनएसटीले गर्दै आएको परोपकारी सहयोग नै रोकिदिए । त्यतिखेरको एउटा घटना स्मरण गर्नु राम्रो हुने एक अर्का एनआरएन बताउछन्– ‘सिन्धुलिका कांग्रेस नेता प्रकाश कोइरालाको (जो नेपालका सांसद पनि भएका थिए) स–परिवार नेपालबाट आएर टेक्सासमा बसोवास गरेका थिए । 

दुर्भाग्यबस कोइरालाको असामयीक निधन हुनपुग्यो । उनि नेपाली कांग्रेसका नेता भएका कारण शुभेच्छुकले पाटीको झण्डा ओढाएका थिए । सोहि विषलाई लिएर असन्तुष्टि जनाउँदै जोशीले एनएसटीले मृतकका परिवारलाई यसअघि दिंदै आएको आर्थिक सहयोग रोकिदिए । तर उनले समाजसेवाको नाममा कमाउन भने जानेका छन् । 

आमा फाउण्डेसन स्थापना गरी कमाइखाने भाँडो चलाइरहेकै छन् । नेपालमा भूकम्प जाँदा उठाएको सहयोग कतै वितरण गरेको भेटिएको छैन तर २, ३ ओटा फोटो चााँहि छ रे । खोज्दै जाने हो भने यस्ता धेरै उदाहरण भेटिन्छन् । जसबाट गौरी जोशीको वास्तविकता उदाङ्गो हुन सक्छ । 

उनको चरित्र नै कुनैपनि ठाउँमा भाँडभैलो सिर्जना गर्नु हो । एक एनआरएन भन्छन्– ‘उनि जुन ठाउँमा जान्छन्, त्यहाँ भाँडभैलो भएकै हुन्छ । जोशी एएनएमा (अमेरिकन नेपाली एसोसिएसन) हुँदापनि विभिन्न बखेडा निकाली भाँडभैलो मच्चाएका थिए । अहिले एनआएन– एनसिसि अमेरिकाको निर्वाचनमा पनि सोही चरित्र देखाएका छन् । 

उनले अधिकारसम्पन्न निर्वाचन समितिलाई चुनौति दिंदै निर्वाचन रोक्न अनेक हर्कत अपनाउने षडयन्त्र गरिरहेका छन् । यसका बावजुद पनि निर्वाचन सफलतापूर्व सम्पन्न हुनेमा सवै एनआरएन विश्वस्त रहेको स्रोतले जानकारी दिएको छ ।

0 comments

Write Down Your Responses