Powered by Blogger.
संचारक्षेत्र बलियो भएमा मुलुक पनि बलियो हुने : भुसाल

हेटौडा, २१ श्रावण ÷ संचारक्षेत्र बलियो भएमा मुलुक पनि बलियो हुने नेकपा एमालेका उपमहासचिब घनस्याम भुसालले बताउनु भयो । प्रेस चौतारी नेपाल प्रदेश नम्बर ३ ले आयोजना गरेको विस्तारित भेलालाई सम्बोधन गर्दै भुसाललले मुलुकमा राजनितिक चुनौती बढीरहेको समयमा पत्रकारहरुको महत्वपुर्ण भुमिका हुने बताउनु भयो । 
अहिलेको समयमा नेपालमा राम्रो पत्रकारको खाँचो रहेको बताउदै प्रेस चौतारीका हरेक पदाधिकारीहरुले सठगनलाई बलियो पार्नको लागि संकल्प बोकेर हिड्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य कासीनाथ अधिकारीले देशलाइृ समृद्धीको बाटोमा लैजानका लागि संचार क्षेत्रको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । नेकपा एमाले स्थानिय चुनाबमा पहिलो पार्टी भएकाले यसमा गर्भ गर्नका लागि सबैलाई उहाँले आग्रह गर्नुभयो । अब हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाबका लागि संचार क्षेत्रले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख सुर्य थापाले प्रचण्डको नेतृत्वमा कुनै पनि निकायको चुनाव हुने विद्यमान नभएको ाउनुभयो  । प्रचण्डको सरकारले कुनै पनि निकायको चुनावको लागि हालसम्म पनि मिति नतोकेकोले यो सबैको लागि घातक भएको बताउनुभयो 

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले आगामी फागुन १७ गते हुन गइरहेको पत्रकार महासंघको चुनाव, चौतारीको नेतृत्व सुनिश्चत रहेको बताउनुभयो । 

 कार्यक्रम प्रेशचौतारी नेपाल प्रदेश नंम्बर ३ स्तरिय संगठन कमिटीका संयोजक बिस्वमणी सुबेदीको अध्यक्षतामा भएको भेलामा पत्रकार महाँसंघमा चौतारीका तर्फबाट केन्द्रीय पार्षद, चौतारीका जिल्ला अध्यक्षहरु, पत्रकार महाँसंघमा अध्यक्ष सहित पदाधिकारिमा सहभागिभएकाहरु, सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses