Powered by Blogger.
ज्यानै माया मारेर कैलाश गाउँपालिकाका वासीन्दाको अत्यासलाग्दो यात्रा



रुपक कालिराज

हेटौडा । मकवानापुरको उत्तर पश्चिमको कैलास गाउँपालिकाका वासीन्दाले निकै अत्यासलाग्दो यात्रा गर्नुपर्छ । 
घामलाग्दा धुलै–धुलोले सडक नै रंग्यादिन्छ , पानी पर्दा जहाँततै हिलो संगै सडकमा ताल बनिदिन्छ ।

हिलाम्मे हुुनु त स्वभाविक नै भयो तर त्रिभुवन राजपथबाट थाहानगर पालिका स्थीत पालुङ्ग डाँडावास हुँदै पकनी सडक खण्डमा हरेक दिन जसो दुर्घटना हुर्ने गरेको छ । दुर्घटनाका कारण सामान्य घाइतेदेखि मृत्युका घट्ना समेत हुदै आइरहेको छ । यसको प्रमुख कारण बनेको छ  साँघुरो र हिलाम्मे सडक । 

वर्षायाममा सडक फराकिलो पार्ने तथा मर्मत गर्ने भन्दै खनिएको खाडल त्यही माथी अव्यवस्थित कुलो नालाले हिलाम्य सडक । खाडलहरु समेत नपुर्दा ज्यान जोखिममा पारेर सर्वसाधारणहरुले यात्रा गरी रहेका छन् ।

यात्रा कहाँ सहजता होस् त ! त्रिभुवन राजपथको शिखरकोटबाट आग्रा हुदै कैलासको पकनीसम्म पुग्न दुरीको हिसावले हो भने करिव २५ किलो मिटर जति छ , तर पनि यात्रा गर्न करिव ३ घण्टा लाग्छ ।

उचित ढल नहुदाँ पानी सडकमा कुद्छ,  सडक पोखरीमा परिणत हुदाँ पैदल यात्रु र दुई पाङग्रे तथा चार पाङग्रे सवारीका साधनलाई आवतजावतमा समस्या बनेको छ भने कतिबेला दुर्घटना हुने हो कुनै  ठेगान छैन ।

त्रिभुवन राजपथको दामन देखि डाँडाबास हुदैँ कैलाश गाउँपालिका स्थित पकनी सम्म यात्रुबाहक बस सञ्चालनमा आएको ८ वर्ष बितिसकेछ । ठाउँठाउँमा बिग्रिएको हिलाम्मे सडक पार गर्दै खचाखच भरिएको बस दामन नआइपुग्दासम्म यात्रुको मन थिरमा हुन्न । 

‘दिन बित्दै जाँदा सडक राम्रो हुँदै जानुपर्ने हो, तर बसजस्तै सडक पनि थोत्रो हुँदै गएको छ’, पकनीका राजन लामाले गुनासो गरे, ‘थोत्रो बस, हिलो र बिग्रिएको बाटोमा ज्यानकै माया मारेर यात्रा गर्नुपर्छ ।’ बेला मै सडक स्तरउन्नती गर्न नसक्दा त्यस भेगको सडकको कन्तविजोक भएको छ । सडक किनारामा निर्माण सामाग्री अझै थुपारेर राखेका छन् । कहिले सम्म निमार्ण सम्पन्न होला भन्ने अझै यकिन गर्न सक्ने अवस्था छैन ।

बर्षाको मौसम सुरु भए लगत्तै सदरमुकामबाट कैलास गाउँपालिका र राक्सिराङ्ग गाउँपालिका जाने पहाडी क्षेत्रमा सडकको कन्तविजोगले साविकको १० वटा गाविसमा पुग्ने अधिकांश यात्रु जोखिम मोल्न विवश छन् । 

साविको आग्रा, गोगने, डाँडाखर्क, कालिकाटार, भार्ता, नामटार, राक्सिराङ, काँकडा, सरिखेत र खैराङ गा.वि.स.लगायतका पहाडी गाविसमा जान यात्रु जोखिमको यात्रा गर्दै आएका छन् ।

चुनियाँ नामटार कालिकाटार सडकको पनि अवस्था दामन डाँडाबास पकनी सडकको जस्तै छ । ‘नामटार कालिकाटार बस चल्न छाडेको दुई महिना भइसक्यो, नामटारबाट चुनियाँसम्म पनि बस मुस्किलले सञ्चालन भइरहेको छ’, कालिकाटारका नवीन रिजालले भने, ‘सरकारले सडक त सबै ठाउँमा पु¥यायो तर स्तरीकरण गर्न नसक्दा मोटर सञ्चालनमा सधैं समस्या हुने गरेको छ ।

“सडक मर्मत र स्तरोन्नतिको लागि आएको बजेटको हरेक वर्ष असार लागे पछि मात्र काम गर्ने परम्परा बसेको छ । सोही परंपराले निरन्तरता पाउदा हामी चालकहरुले सहजता साथ सवारी चलाउन सकिरहेको छैन,″ सवारी धनी आग्राका राजिन थोकरले भने ।

असारमा काम गर्दा काम नसकिदै सडक बिग्रने गर्दछ । जसले गर्दा दुर्घटना हुने गरेको छ । चालकले दुर्घटना होस् भनेर कहिले पनि सवारी चलाउँदैन ,तर पनि चालकको लापारवाहीले भनेर दोष दिदाँ अन्याय भएको भान हुन्छ’ – उनले थपे । 
सडक अवस्था हेर्ने हो भने पैदल यात्रा गर्न समेत गाह्रो अवस्था छ त्यस सडकमा यात्रा गर्नको लागि ।  ज्यानै जोखिम मोलेर सवारी चलाउन वाध्य भएको उनले सुनाए । ‘नत्र किन चलाएन भनेर उल्टै यात्रुको गाली खान वाध्य हुन्छौँ ।’–उनले गुनासो गरे । 

त्यस्तै अर्का चालकले भने, “सडक विग्रिएकाले गाडि कहाँ गएर फस्ने हो भनेर तनाव लिएर यात्रा गर्नु पर्छ , चालकहरुले कुटो, कोदालो, ढुंगा लगायत बोकेर हिड्ने गरेका बताए । गाडि फस्ने डरले त्यस्ता सामाग्री बाकेर हिड्नु परेको उनीहरु बताउँछन् । 

कच्चि सडक, खाल्टाखुल्टीका कारण पटकपटक ठूला ठूला दुर्घटना समेत भएका छन् । मकवानपुर जिल्लामा रहेका ती सडकहरुमा त्यतिकै जोखिम मोलेर यातायातका साधनहरु सञ्चालन भई रहेका छन् ।

गत हप्त पनि थाहा नगको खानीगाउँमा दर्दनाक घटना भयो । त्यस दर्दनाक घटनामा २ जनाको मृत्यू, ४० भन्दा बढि घाइते भएको घटनाले हामी सबैलाई चिन्तित तुल्यायो । त्यस लगतै हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको आइचर गाडीे थाहा नगरपालिका ३ लामचौरमा दुर्घटना भयो । दुर्घटना खाल्डाखुल्डीकै कारण भएको बुझियो । 

दुर्घटनामा कुनै मानविय क्षति नभएको भए पनि चालक ठूलोकान्छा वाइवा र सहचालक राजकुमार गोले समान्य घाइते समेत भए । यस्ता दुघटना दिन प्रतिदिन हुदै आइरहेको चालकहरुको भनाई छ ।

सो दुर्घटनाको बारेमा बुझ्न खोज्दा चालकले दुखसो पोख्दै भने,“ वर्षा याम सडक मर्मत कार्य गर्नाले यस्ता घट्ना हुनुको प्रमुख कारण बनेको छ । ”  र ठेकेदारको लापारवाहिले गर्दा हो ।  बेलामा सक्नु पर्ने कार्य ढिलासुस्तीले गर्दा हामी चालक कहिल्यै यो सास्तीबाट मुक्त भएनौँ ” उनले भने, हरेक वर्ष यस्तै सास्ती खप्न वाध्य छौँ ।

तर पनि अझै ठेकेदारको ढिलाइले गर्दा सडक मर्मत कार्य बेलैमा सम्पन्न नहुने हो भने कहाँ कतिबेला दुर्घटन हुने हो भन्ने डर बोकेर सर्वसाधारण यात्रा गर्न वाध्य त छँदै छन्, यो भन्दा दर्दनाक घटना नहोला भन्न सकिन्न । 





0 comments

Write Down Your Responses