Powered by Blogger.
हेर्टौडा एफएमले खुल्ला तीजगीत महोत्सव गर्दै

मकवानपुर,३१ श्रावण /  विगत वर्षहरुमा झै दशौ वर्ष यसपटक पनि हेर्टौडा एफएमको आयोजनामा यही भदौ २ गते शुक्रवार दशौ खुल्ला तीजगीत महोत्सव आयोजना हुने भएकोले छ ।

 हिन्दु महिलाहरुको महानापर्व हरितालिका तीजको अवसरमा विगत नवौ वर्षवाट आयोजना हुदै आएको तीजगीत प्रतियोगिताको यस पटक पनि निरन्तरता हुने भएको हेटौडा एफएमका प्रवन्धनिर्देशक उज्वल चौलागाइले वताउनु भयो  । 

महिलाहरुको पर्वलाइ अझ महानपर्व वनाउने गरि कार्यक्रमको आयोजना गरिएको प्रवन्धनिर्देशक चौलागाइले वताउनु भयो  । मुलुकभर पीडा भएपनि यस पटक पनि मौलिकता तथा परम्परा जर्गेना गर्ने र पीडामा थोरैभएपनि मल्हम लगाउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको हो । 

आउने भदौ २ गते पल्पसा सभागृहमा अयोजना हुने प्रतियोगितामा निशुल्क नाम दर्ता गराउने व्यवस्था मिलाइएको एफएमले जनाएको छ । प्रतियोगितामा सहभागिहुन तीज भाखामा समूह गायनहुनु पर्ने तथा वाध्यवाधनको व्यवस्था एफएमले मिलाएको वताइएको छ । 

प्रतियोगितामा प्रथम हुने गायन समुहले नगद १५ हजार तथा प्रमाणपत्र हुने गायन समूहले नगद १० हजार तथा तेश्रो हुने समुहले नगद ५ हजार तथा प्रमाणपत्र पाउने भएका छन् । कार्यक्रममा सहभागिहुन चर्चित लोक गायिका टिका प्रसाइ तथा सहिमा श्रेष्ठ आउने पक्का भइसकेको  छ । 

0 comments

Write Down Your Responses