Powered by Blogger.
कालोबजार तथा सामजिक अपराध ऐन अन्र्तगत मुद्धा चलाउनको लागि केशरीलाई म्याद थप

हेटौँडा,३१ साउन /  हेटौँडा,४ स्कुलरोडमा रहेको हिरालालको किराना पसल (आयुसी जनरल सप्लायर्स) का सञ्चालक शतिस केसरीलाई कालोबजार तथा सामजिक अपराध ऐन अन्र्तगत मुद्धा चलाउको लागि म्याद थप गरिएको छ ।

 बजार अनुगमनको क्रममा कालाबजारी गरेको भेटिएका केसरीलाई पक्राउन गरेका थियो  ।  संयुक्त बजार अनुगमन टोली द्धारा अनुगमन गर्दा अखाद्य बस्तु तथा श्रृष्टी बाण्डका चामलका बोरामा कम तौलका चामल फेला परेकोले सो आयुसी जनरल सप्लायर्सका प्रोप्राईटर वर्ष ३६ का   केसरीलाई  आज पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर बाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता डिएसपी वामदेव गौतमले जानकारी दिए ।

0 comments

Write Down Your Responses