Powered by Blogger.
जिल्ला समन्वय समिति मकवानपुरमा एमालेको प्यानल विजयी

मकवानपुर, २३ श्रावण / जिल्ला समन्वय समिति ( जिसस ) मकवानपुरको आज सोमबार सम्पन्न निर्वाचनबाट नेकपा एमालेको प्यानल विजयी भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको संयोजकमा  रघुनाथ खुलाल र उपप्रमुख भगवती पुडासैनी सहित नेकपा एमालेको सिङ्गो प्यानल विजयी भएको हो ।

नवनिर्वाचित प्रमुख खुलाल ले १४ मत पाउँदा काँग्रेस माओवादी गठबन्धनका कृष्णप्रसाद दुलाल सहितको प्यानलका सबैले ६ मत मात्र प्राप्त गर्न सफल भए ।

सदस्यहरुमा नेकपा एमालेका तर्फबाट देवराज रिमाल, गणेशकुमारी प्रधान, चित्रबहादुर बलामी, गीता अधिकारी, बुद्धिबहादुर मोक्तान, सानीकान्छी स्याङ्तान र सरिता विक निर्वाचित भएका छन् ।

0 comments

Write Down Your Responses