Powered by Blogger.
माछा पालन व्यवसाय तर्फ आकर्षित हुँदै राक्सिराङ्ग गाउँपालिकाका किसानहरु

हेटौंडा,२२ साउन / मकवानपुरको विकट राक्सिराङ्ग गाउँपालिकाको काँकढा–१ दुङ्गथलीका किसानले सामुहिक रुपमा माछापालन गरेर मनग्य आम्दानी  गरिरहेकाछन । दुङ्गथलीका २५ जना चेपाङ्ग र तामाङ्ग मिलेर सामुहिक रुपमा माछा पालन गरिरहेका हुन् ।

४ वर्ष अघि दुई वटा २ वटा पोखरीबाट शुरु गरिएको माछापालन हाल १९ वटा पोखरीमा फैलिएको छ । सडक खन्न गाउँमा डोजर ल्याएको वेला स्थानिय गौरव थिङ्गले एउटा पोखरी खनेर माछा पालेका थिए । शुरुमै एक क्वीनटल माछा उत्पादन भयो,माछा पनि खोलाको जस्तै स्वादिलो थियो’ ,थिङ्गले भने,‘त्यसपछि हामी सबैले सल्लाह गरेर सामुहिक रुपममा माछा पालन गरेका हौँ ।’

उनीहरु पोखरीमा लोथर खोलाको पानी जम्मा गरेर रहु,नैनी,ग्राँस लगायत जातका माछा पालेका छन । त्यहा उत्पदान भएका माछा गाउँमै प्रति केजि ३ सय रुपैयाँम गाउँमै विक्रि हुने गरेको माछापालक कृषक कुमार चेपाङ्गले बताए । उनले भने ‘अहिले वर्षको डेढ लाल रुपैँयाको माछा बेच्छु’।

 दुङ्गथली माछापालन समुह दर्ता गरि शुरुवात गरेको  समुहले माछा राम्रो उत्पादन हुन थापे पछि धेरै जना यसतर्फ आकार्षित हुन थालेको  समुहका अध्यक्ष अक्कल लामाले बताए ।
साझाकुरा

0 comments

Write Down Your Responses