Powered by Blogger.
लियो क्लव अफ हेटौडा भुटनदेविको अध्यक्षमा अशोक लामा


मकवानपुर,१ भदौ ÷ लियो क्लव अफ हेटौडा भुटन देविको पदस्थापना कार्यक्रम सम्मन्न भएको छ । हेटौडामा आज एक कार्यक्रमको आयोजना गरि वर्ष २०१६÷१७ का अध्यक्ष अर्जुन लामिछानेले वर्ष २०१७÷१८ का अध्यक्ष अशोक  लामालाई पद हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अथिति डिस्ट्रिक ३२५ वि टु का को एरिया चिफ विष्णु गोपाल मर्हजनले लायन्स तथा लियोले मकवानपुरमा  आज सम्म सामाजिक काममा पछि नहटी निरन्तर सामाजीक काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिन सबैलाई आग्रह समेत गरे । उनले लियो सामाजिक कार्य गर्ने संस्था भएको बताउदै नवनिर्वाचि पदाधिकारीलाई कार्यकालको शुभकामना दिए ।
नयाँ निर्वाचित पदाधिकारीहरुलाई वर्तमान अध्यक्ष अर्जुन लामिछानेले प्रथम उपाध्याक्षमा अनिल अधिकारी,द्धितिय उपाध्यक्ष प्रतिष्ठा मान्धर, तृतिय  उपाध्यक्षमा जिविका विडारी, सचिव रुपक कालिराज,सह सचिव मञ्जु पुडासैनी,कोषध्यक्षमा अर्जुन संजेल, सह कोषध्यक्ष सुविन डंगोल,जन सम्पर्क अधिकृतमा जिवराज वख्र्रल, एम सि चियर प्रसन अमित दाहाल निर्वाचित भएका छन ।
क्लवको सदस्यहरुमा अनिसा थापा,सुस्मिता चौलागाई, आषिश लामा,दिपक सिङ रुम्बा, गणेश दुलाल, रितेश ढुङगाना,सुरजा घलान, दिपक पौडेल र सलिस बज्रचार्य लगायत पदाधिरीहरुले  पदस्थापन गर्नु भएको थियो  ।
सो कार्यक्रममा डिस्ट्रिक ३२५ वि टु मेगा हेल्थ प्रोजेक्ट कोअडिनेटर लायन्स निलम वैध,लायन्स क्लव अफ भुटन देवि बजारका अध्यक्ष सरस्वाती तिमल्सेना,जोन चियर प्रशन डा. वलराम भट्ट, लियो डिस्ट्रिक ३२५ वि टु जोइन सचिव तारानाथ दाहालले नव निर्वाचित पदाधिकारीलाई शुभकामना दिनु भएको थियो ।



0 comments

Write Down Your Responses