Powered by Blogger.
सेभेन ए साइड फुटबल प्रतियोगितामा कमाने टिमको अग्रता

मकवानपुर / हेटौँडा १ चैकिटोलमा रहेको सुन्दर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आजबाट हेटौँडामा सेभेन ए साइड फुटबल सुरु भएको छ । 

संस्थाको नवौँ स्थापना दिवसको अवसरमा आयोजित सेभेन ए साइड फुटबलको उद्घाटन खेलमा हेटौँडा–७ कमानेको टिमले सुन्दर युवा संजाललाई ५–१ को गोल अन्तरले पराजित गरेको छ । कमानेको तर्फबाट खेलाडीहरु संदिप पौडेलले ३, उत्कृष्ट लामिछानेले १ र राज लामाले १ गोल गरेका हुन् भने सुन्दर युवा संजालबाट उज्वल गौतमले १ गोल गरे । 

ऋाजबाट शुरु भएका प्रतियोगितामा विजेता टिमले नगद ३० हजार नगदसहित शिल मेडल प्रमाण पत्र र उप विजेता टिमले नगद २० हजार सहित शिल मेडल प्रमाण पत्र प्रदान गरिने सुन्दर बचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मीले जानकारी दिए ।

सुन्दर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन सहकारी कार्यालय मकवानपुरका सहकारी अधिकृत तिलकराम पाख्रिनले खेलको उद्घाटन गरेको थिए । 

कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दिपेन्द्र ढकाल, हेटौँडा पमहानगरपालिका वडा नं १ का नवनिर्वाचित अध्यक्ष सविन न्यौपाने, हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ , सुन्दर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कमल लामा, ओम वृद्धाश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेल, चौकिटोल युवा संजालका अध्यक्ष जीवन छतकुली, चौकिटोल युवा क्लबका अध्यक्ष एशिस रिजाल लगायतको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses