Powered by Blogger.
हेटौंडामा जारि सुन्दर सहकारी कप फुटबल प्रतियोगितामा चौकीटोलको विजयी सुरुवात

हेटौंडा , हेटौंडा को हुप्रचौरमा जारि  सुन्दर सहकारी कप सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा चौकीटोल युवा क्लब विजयी भएको छ । 

अमर युवा क्लबलाई ३–१ को गोल अन्तरले पराजित गर्दै चौकीटोल दोस्रो चरणको लागि छनौट भएको हो ।खेलको पहिलो हाफमा चौकी टोल युवा क्लबका कुमार लामाले १ गोल गरेका थिए । 

त्यस्तै दोस्रो र तेस्रो गोल सुनिल बराल र विश्व लामाले गरे । अमर युवा क्लबको तर्फबाट मनोज लामाले १ गोल गरेक पनि हार टार्न सकेनन् । आजै हुने दोस्रो खेलमा एफसी ईन्टरनेट र महाविर क्लब भिड्ने छन् ।

प्रतियोगितामा विजेता टिमले नगद ३० हजार नगदसहित शिल मेडल प्रमाण पत्र र उप विजेता टिमले नगद २० हजार सहित शिल मेडल प्रमाण पत्र प्रदान गरिने सुन्दर बचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मीले जानकारी दिए ।

0 comments

Write Down Your Responses