Powered by Blogger.
रामनारायण बिडारीलाई वरिष्ठ अधिवक्ताको उपाधि



हेटौँडा । चर्चित अधिवक्ता रामनारायण बिडारीले ‘बरिष्ठ अधिवक्ता’ उपाधि प्राप्त गरेका छन् । 

सर्वोच्च अदालतको साउन २५ गतेको पूर्ण बैठकले बिडारीलाई बरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।

नेपाल कानून व्यवसायी परिषद ऐन २०५० को दफा २१ बमोजिम विडारीलाई बरिष्ठ अधिवक्ता उपाधी प्रदान गरेको सर्वोच्चद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ । 

२०४७ साल चैत ७ गते २३७४ प्रमाणपत्र नम्बर प्राप्त गरी वकालत थालेका बिडारीको जनमुखीको ल फर्म प्रख्यात थियो । 

लामो समयदेखि निरन्तर वकालत गर्दै आएका बिडारी फौजदारी अभियोग र अपराध शास्त्रका जानकार मानिन्छन् । 

कानूननका जानकार भएकै कारण उनी संविधान मस्यौदा समिति सहित विभिन्न महत्वपूर्ण समितिमा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्ने गर्दछन् । 

उनीसहित २ सय ७२ कानून व्यवसायी बरिष्ठ अधिवक्ता बनेका छन् ।



0 comments

Write Down Your Responses