Powered by Blogger.
एनआरएन जापानमा सिलवालको विजय पक्का


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) जापानको आठौं कार्यसमितिको नेतृत्वका लागि रस्काकस्सी सुरु भएको छ । भोली देखि टोकियोमा हुने अधिवेशनमा अनुज थापा अध्यक्ष र द्रोण सिलवाल उपाध्यक्ष हुने करिव निश्चित देखिएको हो ।

अध्यक्षका प्रत्यासी थापा नेपालको पर्यटन प्रवद्र्धनको विस्तार गर्न सक्रिय युवा प्रतिनिधि हुन् भने उपाध्यक्षका प्रत्यासी सिलवाल चाँहि प्रवासी नेपालीको हितमा केन्द्रित हुँदै आफ्नो व्यवसायमा पनि उत्तिकै सफलता हाँसिल गरेका युवा स्वप्नद्रष्टा हुन् । 

विद्यार्थी हुँदैदेखि व्यवसाय सुरु गरेका सिलवालले रिकन्डीसन गाडीको व्यापारमा उल्लेख्य सफलता हाँसिल गरेका छन् । उनले पछिल्लो समय नेपालमा समेत व्यवसायलाई विस्तार गर्दै आएका छन् ।

थापाको प्रतिस्पर्धीको रुपमा वर्तमान कार्यसमितिका उपाध्यक्ष टासी वाङ्दी लामा देखिएका भएपनि उनको पक्षमा त्यत्ति माहोल देखिएको छैन । 

दुई जना खुल्ला उपाध्यक्षमा सिलवाल सहित सरोजकुमार खत्री, शिवप्रसाद पौडेल, जीवन न्यौपाने, छत्रबहादुर दाहाल मैदानमा छन् । 

महिला उपाध्यक्षमा सविता श्रेष्ठ र अनिता लामाले उम्मेदवारी दर्ता गराएका छन् । बरिष्ठ उपाध्यक्षमा भने देवीलाल भण्डारी निर्विरोध भैसकेका छन् ।

व्यवसायलाई संस्थागत संरचनामा जोड्न अत्यन्तै सिपालु र अनुभवी ठानिएका उपाध्यक्षका उम्मेदवार द्रोण सिलवाल एनआरएनको अधिवेशनमा सबैको केन्द्रविन्दुमा परेका छन् । 

भावी नेतृत्वकालागि सवैले उनलाई हेरिरहेका छन् । सन् २००५ देखि २०१० सम्म चेम्वर अफ नेप्लीज ट्रेडर्स (सिएटी) निगाता जापानका सदस्य तथा सन् २०१३ देखि २०१९ सम्मका लागि एनआरएन कोसिनेत्सुका सल्लाहकारको रुपमा समेत उनी रहेका छन् । 

नेपालको मानचित्रलाई विश्वस्तरमा चिनाउन जापानमा ‘बुद्ध इन वर्न इन नेपाल’ अभियानलाई सञ्चालन गर्ने अगुवाई समेत द्रोण सिलवाल, प्रदिप सिलवाल लगायतका युवाहरूले गरेका थिए । त्यसले गर्दापनि जापानमा रहेका नेपाली समुदाय माझ उनी लोकप्रिय छन् । 

लामो समयदेखि जापानका नेपालीलाई समाज र एनआरएनविच जोड्न द्रोण सिलवाल, प्रदिप सिलवालहरुको योगदान रहँदै आएको छ । 

नेपालीहरुको सुखदुःखमा साथ दिंदै आएको सिलवाल परिवार त्यसकारण पनि नेपाली समुदायबीच सुपरिचित छ । सामाजिक कार्यमा उनको परिवार सद्धैव अग्रसर हुँदै आएको छ । 


0 comments

Write Down Your Responses