Powered by Blogger.
सजिता केसिले जितिन् “मिसेस तिज २०१७ हेटौडा” को उपाधि

हेटौडा,२८ श्रवण / विवाहित नारीहरुविच सम्पन्न मिसेस तिज २०१७  हेटौडाका उपाधि सजिता केसि अधिकारीले जितेकाी छिन् । अधिकारीले उपाधि सहित नगद १५ हजार, मेडल प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
 हेटौडा लेडि जेसिजको आयोजनामा भएको मिसेस तिज २०१७ को प्रतियोगितामा अधिकारीले प्रफमेन्स् एवार्ड समेत जितिन् ।
हेटौडाको पल्पसा हलमा भएको प्रतियागितामा सृष्टि गोर्खालीले मिसेस तिजको फस्ट रनर अप सहित नगद सहित १० हजार प्राप्त गरेकी छन भने सेकेन्ड रनर अफ भावाना घलानले नगद ५ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरेकी छिन् । भने कन्फीडेन्ट अवार्ड समेत हात पारिन् ।
त्यस्तै ससि अर्यालले मिसेस प्रसनलिटि अवार्ड, आरती धिताल फेर्नलि अवार्ड , राकी आचार्य हेल्दी हेयर हवार्ड , जोष्णा भण्डारी ट्यालेन्ट अवार्ड,सविता विष्ट एक्टीभ अवार्ड, आरती धितालले भ्यूअर्स च्वाईस  शिर्षकका एवार्ड जित्न  सफल भएका भएका छन् । हेटौडा लेडि जेसिजका अध्यक्ष निस्ना रोक्काको सभाध्यक्षमा भएको  कार्यक्रममा हेटौडाका ८ जना विवाहित नारीकको सहभागिता रहेको  थियो ।

0 comments

Write Down Your Responses