Powered by Blogger.
निस्वार्थ ढंगले काम गर्न संस्थालाई आग्रह : भेटवाल

हेटौँडा, बस्तीपुर महिला अधिकार संरक्षण नेपालको आयोजनामा महिला हिंसा, घरेलु हिंसा र हरेक क्षेत्रमा समावेसी नेतृत्व अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल हृदयरोग निवारण केन्द्र मकवानपुरका जिल्ला अध्यक्ष हरिबंश भेटवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनहित सामुदायिक वनका अध्यक्ष मनहरी बर्तौला, समाजसेवी जगतबहादुर बर्तौला,  शिक्षीका निर्मला विष्ट, वडा नंबर १९ का महिला सदस्य इन्दीरा लामा, वडा नंबर ३ का दलित महिला सदस्य राधिका विक,सस्थाका सल्लाहाकार हिरालाल विक लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भेटवालले महिला हिंसा अन्त्य गर्नको लागि महिला अझ सक्रिय भएर लाग्नु पर्ने बताए । महिला हिंसा न्युनिकरणको लागि विभन्न संघसस्था आएपनि आफ्नो स्वार्थ मात्र पुरा गर्न लागि परेको भन्दै अब यो सस्था निस्वार्थ ढंगले अघि बढनु पर्नेमा जोड दिए । कार्यक्रम सस्थाकी अध्यक्ष जुनु विश्वकर्माको अध्यक्षतामा भएको हो । कार्यक्रममा सस्थाको उदेश्यवारे सस्थाका निर्देशक अर्जुन सुनारले प्रष्ट पारेका थिए ।

0 comments

Write Down Your Responses