Powered by Blogger.
सहकारीको स्थापना दिवसमा सेभेन ए साईड फुटवल प्रतियोगिता गर्दै

मकवानपुर,२५ श्रावण / सुन्दर बचत तथा क्रण सहकारी संस्था हेटौडा -१ चौकिटोलको नवौँ स्थापना दिवसको अवसरमा सेभेन ए साईड फुटवल प्रतियोगिता गर्ने भएको छ ।

 हेटौडा ४ हुप्रामा हुने प्रतियागितामा मकवानपुर जिल्ला भित्र रहेको हेटौडा उपमहानगरपालिकाका पहिला टिम दर्ता हुने १६ वटा टिमको सहभागिता रहने मुल आयोजक समितिका संयोजक पुरुषोत्तम पराजुलीले जानकारी दिए ।
श्रावण ३२ गते देखि हुने प्रतियोगितामा विजेता टिमले नगद ३० हजार नगदसहित शिल मेडल प्रमाण पत्र र उप विजेता टिमले नगद २० हजार सहित शिल मेडल प्रमाण पत्र प्रदान गरिने सुन्दर बचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मीले जानकारी दिए ।

सुन्दर बचत तथा क्रण सहकारी संस्थाको मुख्य आयोजना, सुन्दर यूवा संजाल चौकीटोल यूवा क्लव अर सुन्दर सामुदायिक वन उपभाक्ता समुह चौकीटोको आयोजनामा हुन लागेको हो ।

0 comments

Write Down Your Responses