Powered by Blogger.
बकैया गाँउपालिकाको स्वास्थ्य केन्द्रलाई सांसद थापाद्धारा एम्वुलेन्स हस्तान्तरण

Related imageबकैया,२६ भदौ / सांसद गणेश थापाले बकैया गाँउपालीका स्थित प्राथमिक स्वास्थ्य केन्द्र छतिवनलाई एम्वुलेस हस्तारणतरण गरेका छन । वकैयामा एक विशेष कार्यक्रमको आयोजना गर्दै एम्वुलेन्स हस्तारणतरण गरेका हुन । देशको सवैभन्दा ठुलो गाउँपालिका समेत रहेको र समयमा स्वास्थ्य सस्थाँ नभएकोले धेरैले अकालमा ज्यान गुमाउनु परेको कारण भन्दै एम्वुलेन्सको चाँवि हस्तातरन्तरण गर्नुभएको हो ।

एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा नेकपा माओवादीका नेता लोकनाथ गौतमले पुर्व व्यवस्थापन समितीको अध्यक्षको हैसियतले प्राथमिक स्वास्थ्य केन्द्र छतिवनलाई १५ सैयाको अस्पताल निर्माणको पहल तत्काल गर्न आग्रह गर्नुभएको थियो ।
 त्यस्तै कार्यक्रमलाई  बकैया ४ नं वडाका वडा अध्यक्ष राजन दङ्गालले माननिय सासंद थापाको एम्वुलेन्स सहयोगले बकैयावासि खुसिले गद्गद भएको बताउदैँ संरक्षण र सम्र्वधनको लागी लाग्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बकैया गाँउपालिकाका उपाध्यक्ष सरला बोलखेले समग्र बकैयामा नापी भएका तथा एैैलानी भुकम्प पिडित माथि राज्यले ध्यान नदिँदा अझै पनि राहत तथा क्षतिपुर्ति पाउन नसकि त्रिपालमा सिमित हुनुपरेको बताउदै यसको सम्वोधन गर्न आग्रह गर्नुभएको थियो ।
त्यस्तै विशेष अतिथि बकैया गाँउपालिका अध्यक्ष दामोदर  खनालले बकैयालाई एम्वुलेस हस्तारन्तरण गरेर ठुलो सहयोग गर्नुभएको बताउनुभएको थियो । कार्यक्रमका आकर्षण माननिय सासंद थापाले बकैया गाँउमात्र नभएर मकवानपुरको समग्र विकासको लागि आफु तयार रहेको बताउनु भयो।

0 comments

Write Down Your Responses