Powered by Blogger.
जिल्ला स्तरीय कराँतेमा लेवट डोजो विजयी

यादव चौलागाई
भाद्र,२६ बकैया /  पुर्वि मकवानपुरको बकैया गाँउपालिकामा जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता सम्पन्न भएको छ । बकैया गाँउपालिकाका प्रमुख दामोदर खनालले प्रतियोगीताको उद्घाटन गर्नुभएको हो । बकैया गाँउपालिकाका स्थानिय कराँते प्रशिक्षक नेत्रवहादुर राइको प्रयासमा सितोरीयो कराँते संघ बकैयाको आयोजनामा भएको प्रतियोगिता मकवानपुर जिल्लाको विभिन्न डोजोको ८० जना खेलाडिको सहभागीता थियो । बकैयामा पहिलो पटक आयोजना गरिएको कराँते प्रतियोगीतामा बकैया गाउँपालिका उपप्रमुख सरला बोलखे ,वडा अध्यक्ष राजन दङ्गाल, शेरमान घलान, मध्य क्षेत्रिय खेलकुद विकास समिती उपनिर्देशक सुरेन्द्र श्रेष्ठ, कराते प्रशिक्षक विष्णुभक्त लामा डेकेन्द्रमान श्रेष्ठ लगायतको उपस्थिती थियो । फरक उमेर समुहका २० केजी, २५ केजी, ३० केजी, ३५ केजी,४० केजी तथा ४५ केजीको समुहमा महिला पुरुष सिङ्गल प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा लेवट डोजो हेटौँडा प्रथम तथा छतिवन सितोरियो कराँते डोजो द्धितिय भएका थिए ।  बकैया गाँउपालिका सितोरियो संघका अध्यक्ष राम थिङको सभाध्यक्षतामा भएको प्रतियोगीतामा २० केजि तर्फ लेवटका विश्वास थापामगर प्रथम तथा छतिवन डोजोका जिवन घिसिङ द्धितिय भएका थिए । त्यस्तै २५ केजितर्फ विजय घलान लेवट तथा छतिवनका मनिष फुयाँल द्धितिय भएका थिए । त्यस्तै ३० केजीमा रिकेश मोक्तान हेटौँडा रंगशाला तथा आयुश राइ हेटौँडा द्धितिय भएका थिए ।

त्यसैगरी ३५ केजी समुहमा लेवटका अनुज बल तथा छतिवनका राजेश बस्नेत , ४० केजीमा लेवटका सुरेन्द्र लिम्वु तथा प्रशान्त पाठक, ४५ केजीमा अर्पण थापामगर तथा अभिसेक वल प्रथम तथा द्धितिय भएका थिए । त्यस्तै प्रतियोगिताको महिला तर्फ २५ केजीमा छतिवन डोजोकी स्नेहा पराजुली प्रथम तथा छतिवनकै दिक्षा कार्की द्धितीय भएका थिए ।

त्यसैगरी महिलाहरुको ३० केजी तर्फ छतिवनकी निशा लामा तथा लेवटकी सलिना मगर द्धितिय भएका छन । त्यस्तै ३५ केजिमा छतिवनकी बििवता तिमल्सीना प्रथम तथा हेटौँडा डोजोकी अनिशा मगर द्धितिय, ४० केजीमा हात्तिसुडेँकी सजि घलान तथा रगंशालाकी एलिना पाख्रिन, त्यसैगरी ५५ केजीतर्फ लेवटकी सृष्टी घलान तथा रगंशाला डोजोकी पुजा रुम्वा प्रथम तथा द्धितिय हुँदै स्वर्ण तथा रजत पदक हात पारेका थिए । प्रतियोगीतामा  ५५ खेलाडीले पदक तथा मेडल हात पारेका थिए भने विजयी खेलाडीलाई प्रमुख अतिथी तथा प्रशिक्षक अतिथीहरुले शिल्ड मेडल तथा पुरस्कार प्रदान गरेका थिए ।

0 comments

Write Down Your Responses