Powered by Blogger.
बकैयामा बिपद् ब्यवस्थापन तथा बिपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

बकैया,नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले समुदायको बिपद् ब्यवस्थापन तथा बिपद् प्रतिकार्य  सम्बन्धी अन्तर्कृया कार्यक्रम गरेको छ  । रेड्क्रस सोसाइटी उपशाखा छतिवनको आयोजनामा बकैया गाउँपालिकामा भएको हो । 

उद्दार तथा दैवी बिपत्ति बाट कम क्षति हुने गरि राहत तथा उद्दारको काम छिटो भन्दा छिटो गर्न सहयोग पुर्याउने हेतुले अन्तर्कृया कार्यक्रम गरिएको हो । बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यतामा भउको कार्यक्रममा  रेड्क्रस जिल्ला शाखाका उपाध्यक्ष झम्कप्रसाद गौतम , लालबहादुर थापा , बकैया गाउँ पालिकाका कार्यकारी अधिकृत सुरेन्द्र प्रधान, विभिन्न राजनैतिक दलका प्रतिनिधि, रेडक्रसकर्मी तथा बकैया गाउँपालिकाका बिभिन्न वडा अध्यक्ष हरुको सहभागीता रहेको थियो । 

बकैयामा प्रकोपको जोखिममा रहेका ५ र ७ न वडा दुइ वडामा बिपद् व्यवस्थापन  तथा उद्दारकर्ता तालिम तथा गोष्ठि सञचालन गरिने गरि भएको कार्यक्रममा बिपद ब्यबस्थापन प्रभावकारी गराउने , ४० बर्स सम्मका युवालार्इ ब्यवस्थापन तालिम तथा उद्दार कार्यमा सहजता पुर्याउने र दक्ष जनशक्ति उत्पादन लगाइतका बिषयमा छ्लफल गरिएको थियो ।

रेडक्रस कर्मी लक्षमन भट्टराइले सन्चालन गर्नुभयको कार्यक्रम उपसाखा छतिवन उपशाखाका सभापति हरिहर खनालको सभाध्यक्ष भएको हो ।

0 comments

Write Down Your Responses