सुन्तलीका पसिनाहरू
वैरागी जेठा |
सुन्तली
मेरो देशको सुन्दर कलाकार
मलाई लाग्छ गर्व
उनीसँगै नाचीरहेकी हुन्छु
म
चन्द्रधर र
गोकुल जस्तै श्रमजिवी
उनीहरू
तालुमा नाम्लो लगाएर
पिठ्यूँभरी ढुङ्गा बोकेर
मानवका लागि घर बनाइरहेछन्
म र मसँगै घुमिररहने
हावाहरू अर्काका कुरा काटेर
समय बिताइरहेछौँ ।
कस्तो मानवता
हाम्रो ? वा !
मेसिन झैँ क्रियाशील
सुन्तलीका जोडीहरू
युगलाई
मानव निर्मित बनाउँदैछन्
यता हावाहरू
भट्टिका कुइरीमण्डलसँग
रमाइरहेछन्
समय बर्बाद बनाएर
तिनै हावाहरूलाई राज्य सम्मान गर्छ
उनीहरूलाई हेला गर्छ
कठै मेरो देशका प्रशासकहरू
मेरो देशको पत्रकारहरू
साहित्यकारहरू
तिनै हावाहरूको समाचार छाप्छन्
साहित्य लेख्छन्
तर
सुन्तलीका जोडीहरूको लेख्दैन
पत्रकारहरू यिनका
चरित्रहत्याका समाचार लेख्छन्
मेरो देशले पाएको सूचना हक
कठै म ,आँखा चिम्म गर्छु
श्रमको मूल्य नदेख्नेहरू
कसरी मानव सभ्यताका कुरा गर्छ हँ !
गाउँले बासिन्दाका
घर बनाइदिने
सुन्तलीहरू अपराधी ठान्ने
मेरो देशको बौद्धिकता देखेर
घृणा लाग्छ ।
पसिनाका सहस्रधारा बगाएर
धुर्मुसहरू
मानिस बनिरहेका छन्
उनका परिवार
यो देशका मानिस हुन् मानिस
उनीहरूहुन्
कीर्तिमान पुरुष
नयाँ सिद्धान्तका ढुङ्ग्रामा हिँडेका
युवा युवतीहरू
अचानोमाथिका खुकुरी उचालेर
समाज भड्काइरहेछन्
भट्टि पसलमा बसेर
जातपातका राजनीति गरिरहेछ
अनि
सुन्तलीका श्रमहरूलाई
धूवाँमा उडाइरहेछ
गाउँले बासिन्दाको
जीवन मरणको अधिकार लिएर
घर बनाइदिन अघिबढ्यो
उनैलाई , अपमान गर्छ
कठै मेरो शहर !
0 comments
Write Down Your Responses