Powered by Blogger.
थाहा नगरमा नवप्रतिभाले दशै विशेष बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने


कला र संस्कृतिमा सक्रिय रुपमा आफ्नो पाईलाहरु अगाडि बढाउदै आईरहेको नवप्रतिभा साँस्कृतिक युवा क्लबले दशै विशेष बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्नेभएको छ । 

हिन्दुहरुको महान चाड दशैको अवसरमा बिजया दशमिको अघिल्लो दिन अर्थात नवमीको दिनमा थाहा नगरपालिकाको बज्रबाराही स्थित सरस्वती बजारमा कार्यक्रम आयोजना गर्ने लागिएको हो ।

राष्ट्रिय स्थानीय तथा कलाकारहरको बेजोड प्रस्तुति सहित कार्यक्रम आयोजना हुने क्लबका अध्यक्ष रामकाजी महर्जनले जानकारी दिनुभयो । 

कार्यक्रम आयोजनाका लागी तयारीको काम अन्तिम चरणमा पुगेको छ । क्लबले विभिन्न समयमा उत्कृष्ट रुपमा कार्यक्रम आयोजना गर्दै आएको र यो पटक पनि कार्यक्रम भव्य र सभ्य रुपले सफल बनाउनको निमित्त  कार्यक्रममा उपस्थितिको लागि क्लबले सम्पुर्णमा अनुरोध गरेको छ । 

कार्यक्रम १३ गते दिउँसो २ बजे बज्रबाराहिको सरस्वती बजारमा सुरु हुनेछ ।

0 comments

Write Down Your Responses