Powered by Blogger.
सिआन पूर्नस्थापना केन्द्रलाई नगद सहयोग प्राप्त

हेटौडा, लागु औषध प्रयोगकर्ता आश्रय लिईरहको सिआन पूर्नस्थापना केन्द्रलाई सहयोग प्राप्त भएको छ । हेटौडा उपमहा नगरपालिकाको लामसुरे हाइटमा रहेको पुर्नस्थापना केन्द्रलाई हेटौडा ११ नवलपुरका विवेक कार्कीले हजुरआमाको सम्झनामा नगद ८ हजार सहयोग गरेका हुन् ।
सो रकम सिआन पुर्नस्थापना केन्द्रको खातामा पठाएको सिआन पुर्नस्थापना केन्द्रका प्रमुख सौजन डिसिले बताए । केन्द्रमा हाल ३२ जना लागु औषध प्रयोगकर्ता आश्रय लिईरहको डिसिले जानकारी दिए । यूवा सामाजसेवा कार्की फिन्ल्यानमा कार्यरत छन ।


0 comments

Write Down Your Responses