Powered by Blogger.
युवा परिषद अब अछाममा पनि



अछाम, २४ असोज । अछाम जिल्लामा पनि नेपाल युवा परिषदको शाखा बिस्तार भएको छ । एक कार्यक्रमका बिच युवा परिषद गठन गरिएको हो । 

भिमबहादुर साउदको संयोजकत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा गोबिन्द कुँवर, सचिव पूर्ण बुढा, कोषाध्यक्ष यमेश्वरी ढुंगाना लगायत पदाधिकारी तथा अरु सदस्यहरु रहेका छन् । 


अछाम जिल्ला कृषी पर्यटन लगायका क्षेत्रमा प्रचुर सम्भावना बोकेको जिल्ला भएता पनि यसको विकास र बहुमुल्य जडिबुटीको पहिचान र प्रसोधन हुन सकेको छैन ।

त्यसको पहिचान गर्ने, रामारोशन, खप्तड, बान्नीगढी, पञ्चदेवल, बैजनाथ लगायका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने र बिद्यमान बिभिन्न खाले कुप्रथाको अन्त्य गर्नका साथै बेरोजगार युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने मुख्य उद्देश्य परिषदका रहेको छ ।

यस्तै परिषदले चाँडै अछाम जिल्लाका १० ओटै स्थानिय तहमा आफ्नो सञ्जाल बिस्तार गर्ने निर्णय समेत गरेको छ । सो क्षेत्रका लागी संयोजक÷सह–संयोजक पनि तोकिएको छ । 

जसमा मंगलसेन नगरपालिकाका लागि लोकसरी केसी र देवसरा बोगटी, साँफेबगर नगरपालिकामा गायत्री कुँवर, चौरपाटी गाउँपालीकाका लागि गोबिन्द कुँवर, बान्नगढी जयगढ गाँउ पालिकाका लागि हिरेण्यप्रसाद मुडभरी, मेल्लेख गाउंपालिकाका लागि जिवन बुढा, रामारोशन गाउँपालिकाका लागि एकेन्द्र साउँद, कमलबजार र बिनायक पञ्चदेवल नगरपालिकाका लागि ईन्द्र थापा एवं तुर्माखाद र ढकारी गाँउ पालिकाका लागि पुर्ण बुढा रहेका छन् ।

–गोबिन्द कुँवर


0 comments

Write Down Your Responses