Powered by Blogger.
थाहा कला केन्द्रका प्रशिक्षार्थीलाई छात्रवृत्ति

थाहानगर / थाहानगरमा कला संस्कृति संरक्षण र प्रवद्र्धनमा क्रियाशील थाहा कला केन्द्रका ९ जना प्रशिक्षार्थीले छात्रवृत्ति स्वरुप पोशाक पाएकाछन् ।

 कला केन्द्रमा नृत्य, संगीत तथा गायन सिकिरहेका जेहेन्दार प्रशिक्षार्थी मध्ये कालीखोलाकी कौशल्या वाइवा, गोलढुङ्गाकी सुस्मिता तितुङ, ऐसेलुखर्ककी सुनसानी थिङ,थाहा नगरपालिका ओखरबजारका सनुप श्रेष्ठ, भाङखोरियाकी आर्बिनी सिनतान, कल्पना सिन्तान, शान्ति सिन्तान तथा खानगिाउँका सन्तोष तामाङ र गोपालीगाउँकी बिनतिा गोपालीले पोशाक पाएको केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिए । 

कला केन्द्रका मिहिनती तथा जेहेन्दार प्रशिक्षार्थीहरुलाई स्थानीय सानुभाई मुक्तानले सहयोग गरेका हुन् । ओहा हाल नेपाली सेनामा कार्यरत तथा यूवा समाजसेवी हुन् । उनले थाहा कला केन्द्रका लागि यसअघि पनि विभिन्न बाद्यवादनका सामाग्रीहरु ह्स्तान्तरण गरेका थिए । 

स्थानीय कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा प्रतिवद्ध मोक्तानले कला केन्द्रले संचालन गरेको विभिन्न कार्यक्रमहरुमा पनि सहयोग गर्दै आएकाछन् ।  अहिले कला केन्द्रमा ५७ जना प्रशिक्षार्थी छन् ।

0 comments

Write Down Your Responses