Powered by Blogger.
लोकतान्त्रिक अपाङ संगठनबाट समानुपातिकमा को को ?


२४ असोज, काठमाण्डौं । नेकपा (एमाले)कोे मोर्चा संगठन अन्तर्गत पार्टी केन्द्रिय सदस्य एवं लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनका इन्चार्ज डा. विजय सुब्बाको प्रमुख आतित्थ्यतामा लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन केन्द्रिय कमिटिको बैठक काठमाण्डौंमा सम्पन्न भयो । 

सो केन्द्रिय कमिटिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक समावेशी सुचिमा निम्न अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई सिफारिस गरेको छ । 

प्रतिनिधि सभा अन्तर्गत लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनको तर्फबाट डा. विरेन्द्रराज पोखरेल, जगदिशप्रसाद अधिकारी, निर्मला धिताल, देवीबहादुर पोखरेल र कृष्ण गौतमलाई सिफारिस गरिएको छ  । यसैगरी प्रदेश सभा अन्तर्गत प्रदेश नं १ बाट टिका दाहाल, देवी दाहाल, दोर्णचार्य निरौल, प्रदेश नं २ बाट कुमार रेग्मी र भोला प्रसाद अधिकारी, प्रदेश नं ३ बाट नरबहादुर लिम्बु, महेश्वर घिमिरे, सञ्जय बान्तवा, रमेश लामा र लक्ष्मी महर्जन लगायतलाई सिफरिस गरिएको छ । 

त्यसै गरी प्रदेश नं ४ बाट शिशिर खनाल र शोभा पौडेल, प्रदेश नं ५ बाट नेत्रप्रसाद सापकोट, पारेश्वर ढकाल, शिव कुमार ज्ञवाली, चिन्तामणी पौडेल, ध्रुबहरी न्यौपानको नाम सिफारिस गरिएको छ  । यसैगरी प्रदेश नं ६ बाट गणेश बहादुर के.सी. र प्रदेश नं ७ बाट महादेब भारतीको नाम सिफारिस गरिएको छ ।– शर्मिला विश्वकर्मा

0 comments

Write Down Your Responses