Powered by Blogger.
राष्ट्रिय जन स्वंयमसेवक मकवानपुरको जिल्ला अधिवेशनको तयारी पुरा

मकवानपुर,  विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जनबर्गिय संगठन राष्ट्रिय जनस्वंयम सेवक मकवानपुरको भोली हुने ९ औं जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । सम्मेलन आयोजक समितीका संयोजक सुरेन्द्र घलानले सम्मेलनको तयारी पुरा भएकोे जानकारी दिनुभयो ।

 भोली विहान हुने सम्मेलनको नेकपा मकवानपुरका ईन्चार्ज बिरबहादुर घलान (ज्वाला) ले उद्धघाटन गर्नुहुनेछ । त्यसअघि हेटौडाको फरेष्ट्री क्याम्पसदेखि बैंक रोड, बसपार्क, डिएसपी कार्यालय हुदैं दर्शन पार्टी प्यालेससम्म ¥याली गरिने उहांले बताउनुभयो ।

 सम्मेलनले २१ सदस्यीय नयां कार्यसमिती चयन गर्नेछ । सम्मेलनमा वर्तमान राजनितीक परिस्थितीमा युवाहरुको भूमिका , पार्टीको सांगठनिक मजबुती लगायतका विषयमा छलफल हुनेछ ।


0 comments

Write Down Your Responses