Powered by Blogger.
प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापन समिती जननिर्वाचित प्रतिनिधिको नेतृत्वमा हुने

Image result for प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापन समिती जननिर्वाचित प्रतिनिधिको नेतृत्वमा हुनेकाठमाण्डौं / स्वास्थ्य मन्त्रालयले स्थानिय स्वास्थ्य संस्थाहरुको सञ्चालन तथा व्यवस्थापन समितीको मापदण्ड पुर्नगठन गरेको छ । प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापन समिती अब जननिर्वाचित प्रतिनिधिको नेतृत्वमा हुने भएको छ । स्वास्थ्य मन्त्रालय (मा.मन्त्री स्तरको) निर्णय अनुसार स्थानिय स्वास्थ्य संस्था को संरक्षकमा सोही स्थानको जननिर्वाचित प्रतिनिधि मेयर अथवा गाँउ पालिकाको अध्यक्ष हुने व्यवस्था गरिएको छ भने वडा अध्यक्ष व्यवस्थापन समितिको अध्यक्ष हुने निर्णय भएको छ ।
जुन वडामा प्राथामिक स्वास्थ्य केन्द्र÷स्वास्थ्य चौकी छ त्यही वडाको वडा अध्यक्ष व्यवस्थापन समिति वा सञ्चालक समितिको अध्यक्ष हुनेछन् भने मेयर अथवा गाँउ पालिकाको अध्यक्ष संरक्षक हुने निर्णय भएको स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिनुभयो ।
जननिर्वाचित प्रतिनिधीको नेतृत्वमा बन्ने समिती ७ सदस्यिय हुनेछ । समितिमा अध्यक्षले मनोनित गरेको व्यक्ति उपाध्यक्ष हुने व्यवस्था गरिएको छ । सदस्यहरु स्वास्थ्य चौकी रहेको क्षेत्रको बिद्यालयका प्रमुख, स्थानिय व्यापार संघको प्रतिनिधि, संरक्षकबाट मनोनित स्थानिय लब्ध प्रतिष्ठित एकजना महिला सहित एकजना वडा कार्यालयको अधिकृत गरी दुईजना सदस्य रहनेछन् । समितिको सदस्य सचिव भने प्राथामिक स्वास्थ्य केन्द्र अथवा स्वास्थ्य चौकी प्रमुख हुने मन्त्री स्तरिय निर्णय भएको छ ।

0 comments

Write Down Your Responses