Powered by Blogger.
नेपाल संवतको स्वागत गर्दै पालुङमा विविध कार्यक्रम


पालुङ । पालुङ सांस्कृतिक सम्पदा संरक्षण समिती, थाहा–२, पालुङको मुख्य आयोजना तथा पालुङ युवा समाज, थाहा– २, पालुङ हातेमालो युवा समाज, थाहा–२, पालुङ ओखरबजार हितकारी शृजनशिल युवा समूह थाहा १, ओखरबजार र गोपाली सांस्कृतिक समुह, थाहा ३, गोपालीगाउँको आयोजनामा नेपाल सम्बत ११३८ को उपलक्ष्यमा बृहत मोटरसाइकल ¥याली सम्पन्न भएको छ । 

सम्पुर्ण जनतालाई ऋण मुक्त गरि शंखधर शाख्वाःले चलाएको सम्वत नेपाल संवतको देशैभर विभिन्न कार्यक्रम भैरहंदा पालुङमा पनि मोटरसाइकल ¥याली भएको हो । लाम्पाटी, पालुङबाट सुरु भइ इन्द्रायणी चौर–ओखरबजार–थानाबजार–दोबाटो–शिखरकोट–गोपालीगाउँ–पसल चउर–फाँटबजार–फुलपाती चउर–महाँदेबस्थान–चाकचा पुल– पुनः लाम्पाटीमा नै आइ सम्पन्न भएको मोटरसाइकल ¥यालिको समापन कार्यक्रम थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

पालुङ सांस्कृतिक सम्पदा संरक्षण समितिका अध्यक्ष जंगली राजकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको समापन  कार्यक्रमको बिशिस्ट अतिथि नगरपालिका उपमेयर खड्ग गोपाली रहनु भएको थियो । 

कार्यक्रममा वडा नं २ का अध्यक्ष गुप्त बहादुर कार्की, वडा नं १ का अध्यक्ष हेरमान गोपाली लगायतको आतिथ्यता रहेको थियो । पालुङ युवा समाजका उपाध्यक्ष संजित श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा समाजका अध्यक्ष बिजयबिक्रम श्रेष्ठले स्वागत मन्तव्य सहित सम्पुर्णलाई स्वागत गर्नु हुदै नेवारी भाषा र संस्कृतिको संरक्षणमा जोड दिनु भयो । 

कार्यक्रममा बोल्दै इन्द्रायणी काला भैरब गूठीका अध्यक्ष श्यामभक्त श्रेष्ठले नेपाल सम्वत नेवारीहरुको मात्रै सम्वत नभई सम्पुर्ण नेपालीहरुको राष्ट्रिय सम्वत भएको भन्दै यसको व्यापक प्रयोग र कामकाजको रुपमा समेत यसको प्रयोग हुने गरेको इतिहास प्रस्तुत गर्नु भयो । 

त्यस्तै कार्यक्रममा शुभकाम मन्तव्य ब्यक्त गर्नुहुँदै रेडियो आवजका स्टेशन मेनेजर राजेश श्रेष्ठले नेवारी भाषाको प्रयोगमा कमि आएको भन्नू हुँदै यसको प्रयोग र बिकासमा जोड दिनु भयो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै बिशिस्ट अतिथी खड्ग गोपालीले सांस्कृतिक संरक्षणमा सम्पुर्ण थाहा नगर बासी एकजुट हुनुपर्ने भन्नू हुँदै सांस्कृतिक संरक्षणमा सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी थाहा नगरपालिकाका मेयर लवशेर बिष्टले थाहा नगर सांस्कृतिक रुपमा धनी रहेको भन्दै त्यसमा पनि नेवारी समुदाय संस्कृति संरक्षणमा अगाडि बताउनुभयो । उहाँले सम्पदा संरक्षणमा सहयोग गर्न आफू ब्यक्तिगत रुपमा र नगरपालिकाको तर्फबाट पनि प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा २ नं वडा अध्यक्ष गुप्तबहादुर कार्की, ओखरबजार हितकारी शृजनशिल युवा समूहका अध्यक्ष संजय प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 





0 comments

Write Down Your Responses