Powered by Blogger.
३ नम्बर प्रदेशको राजधानी हेटौंडा बनाउन काठमाडौंमा व्यापक ध्यानाकर्षण, यसकारण उपयुक्त छ हेटौंडा


काठमाडौं । ३ नं.प्रदेशको राजधानी हेटौंडा बनाउने अभियान अन्तर्गत काठमाडौको माईतीघर मण्डलामा वृहत ध्यााकर्षण सम्पन्न भएको छ ।  बुधबार जनदबाब समुहको नेतृत्वमा  राजधानीमा रहेका मकवानपुरेहरुले व्यानर प्रदर्शन र पम्प्लेट बितरण गरि सबैको ध्यान आकार्षण गराएका हुन् । 

चुनाव अगाडि प्रदेशको राजधानी हतारमा नतोक्न र सुझबुझका साथ प्रदेशको भविश्य हेर्दै बिज्ञ टोलीको सुझावलाई समेत ध्यान दिई प्रदेशको राजधानी तोक्न पनि माग गरिएको छ ।  सबै पार्टीहरुले यथार्थ बुझेर हेटौडालाई ३ नं.प्रदेशको राजधानी बनाउने कुरामा जोड दिनुपर्ने जन दबाब समुहका संयोजनकर्ता धु्रबप्रसाद चौलागाईले बताए । 

काठमाडौमा रहेका  पुर्व सांसदहरु  रामनारायण बिडारी, अनन्त पौडेल, राजाराम स्याङतान, सुवासचन्द्र ठकुरी , प्रल्हाद लामीछाने, कृष्ण प्रसाद दहाल, नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनका केन्द्रीय अध्यक्ष सिताराम दाहाल लगायतको उपस्थिथिमा धर्ना दिइएको थियो । 

यसैगरी कार्यक्रममा एमालेका केन्द्रीय सल्लाहकार घनप्रसाद गौतम , एमाले मकवानपुर जिल्ला कमिटी सदस्य गौतम बुद्ध लामा, नेका सम्पर्क समिति अध्यक्ष पुरुषोत्तम ठकुरी,  सचिब केशब मैनाली,  नेकपा एमाले मकवानपुर काठमाडौ सम्पर्क मञ्च अध्यक्ष जगत कुमार थिङ्ग, सचिब सम्बल चौलागाई  एमाले ३ न. प्रदेश सम्पर्क कमिटी सदस्य, भद्रबहादुर गोले ,नवराज ओस्ती, कलाकार सुनिल बुर्लाकोटी मकवानपुर समाजका अरुण कुमार गुरुङ्ग नयाँ शक्तिका नारायण सापकोटा,  नेकपा एमाओबादी केन्द्रका बिनोद महर्जन , विश्वमान श्रेष्ठ, संघिय समाजबादी फोरमका केन्द्रिय सदस्य कृष्ण कुमार घलान लगायतका  सबै पार्टीका नेता, कार्यकर्ता, बुद्धीजिवी, व्यवसायी, वकील, पत्रकार लगायतका उपस्थिति रहेको धर्नाले दवावमूलक काम गरेको थियो । 

उक्त कार्यक्रममा हेटौडालाई ३ नं. प्रदेशको राजधानी बनाउने अभियान निरन्तर जारी रहने कुरा समेत जन दबाब समुहका संयोजनकर्ता धु्रब प्रसाद चौलागाईले बताउनु भयो । ३ नं. प्रदेशलाई राजधानी बनाउने आधार कारणहरु भनि व्यानर, पम्पलेटमा निम्न कुराहरु समावेश गरिएको छ । 

३ नं. प्रदेशको राजधानी हेटौंडालाई किन बनाउने ?

१)  ३ नं. प्रदेशको राजधानी काठमाडौलाई बनाउँदा धुलो, धुँवा, बाटोघाटो, वातावरण प्रदुषित हुने समेतको कारणले धान्न नसक्ने र केन्द्रको राजधानी पनि काठमाडौ नै भएको र केन्द्रको राजधानी नै सार्नु पर्दछ भनि आवज पनि उठी रहेको अवस्थामा काठमाडौ उपयुक्त हुन सक्ने अवस्था छैन । 

 २) शक्ती बिकेन्द्रीत भएको आभाश नभई सिंहदरवारको अधिकार जनताको घर दैलोमा भनि गरिएका सबै आन्दोलनको भावनाको पनि बिरुद्धमा हुने भएकोले काठमाडौमा नै राजधानी राख्नु भनेको काठमाडौलाई मानिस बस्ने अयोग्य शहर बनाउनु हुने भएकोले काठमाडौ उपयुक्त छैन । 

 ३)  प्रस्तावित बनेपा, धुलीखेललाई राजधानी बनाउदा पनि सबै कुराको ९० प्रतिशत भार काठमाडौलाई नै पर्ने काठमाडौमा नै बनाए जस्तै हुने भएकोले बनेपा धुलीखेल पनि उपयुक्त रोजाई होईन ।

३ नं. प्रदेशमा रहेका जिल्लाहरु जोडने सडक सञ्जालहरु

१) हेटौंडाबाट देशको राजधानी काठमाडौसम्म फाष्ट ट्रयाक बाट १ घण्टामा पुगिने ।  

२) कान्तिराजपथबाट २ घण्टामा पुगिने ।

 ३) मदनभण्डारी कुलेखानी, हेटौडा मार्गबाट ३ घण्टामा हेटौडा पुगिरहेको । 

४) निर्माणधिन काभ्रे तालढुङ्गा, फापरवारी हेटौंडा सडकले काभ्रे रामेछाप, सिन्धुपाल्चोक र दोलखा सम्मलाई नजिक बनाउछ भने सिन्धुली, रामेछाप, दोलखा जिल्लालाई धरान चतरामार्गले पनि काठमाडौ पुग्नु भन्दा हेटौंडा नजिक पर्दछ । 

५)  लोथर आग्रा माहादेबबेशी गल्छी, रसुवा धार्के गजुरी लगायतका सडकले हेटौंडा र काठमाडौ पुग्न बराबर समय लाग्दछ। 

६) निजगढको अन्तराष्टिय बिमानस्थल हेटौंडाबाट आधा घण्टामा पुगीन्छ ।

७) सिमरा र चितवनको राष्ट्रिय बिमानस्थलमा आधा घण्टा र १ घण्टामा पुगिन्छ ।

प्रदेश राजधानी बनाउन आवश्यक पर्ने स्थायी पुर्वाधार र अन्य महत्वपुर्ण कुराहरु

१) अहिले नै २९ वटा क्षेत्रिय कार्यालय, ३ वटा केन्द्रिय कार्यालय हेटौंडामा भएकोले राजधानी तोकेर बोर्ड झुण्ड्याए मात्रै हुन्छ  । 

२) खाने पानी, ढल निकाशको समस्या हेटौंडामा कहिल्यै पर्दैन ।  

३) दशौ हजार बिघा सार्वजनिक खाली जग्गा भएकोले अधिग्रहन गर्न पर्दैन भने,  राष्ट्रिय स्थरका कुनैपनि कार्यालय वा अन्य कामको लागि उपयोग गर्न समेत समस्या पर्दैन । 

 ४) जग्गा अधिग्रहण गर्ने र  भौतिक संरचना निर्माण गर्ने राज्यको सम्पत्तिले बिकाश गर्दा देशको नयाँ शहरको बिकाश हुने र काठमाडौ उपत्यकाको चाप स्वत कम हुनेछ  । 

५) छिमेकी देश भारतबाट सिमा क्षेत्रहरुमा हुने गरेको गलत क्रियाकलापका बिरुद्धमा निगरानी गर्न र केन्द्रको राजधानीको सुरक्षाको लागि, केन्द्रको राजधानीलाई सुरक्षीत बनाउन ३ नं. प्रदेशको राजधानी हेटौडालाई बनाउदा ९० प्रतिशत सहयोग पुग्नेछ ।

६) हेटौंडाबाट सबै प्रदेशहरुलाई समन्वय गर्न र चाँडो भन्दा चाँडो सबैखाले पहुचहरु पुयाउन सकिनेछ ।  

७) देशको ९० प्रतिशत आयात हुने प्रमुख नाका बिरगंज हेटौंडाबाट नजिक पर्ने र यसलाई व्यवस्थित बनाउन हेटौंडा नै उपयुक्त हुनेछ ।  

८) तराईका अधिकाश जिल्लाका सदरमुकामहरु जिल्लाको छेउमा र बोर्डरमा नै छन, युरोपका सबै देशका राजधानी छेउमा नै छन,  भारत चिनको राजधानी पनि छेउमा नै छन त्यसैले हेटौंडा छेउमा पर्दछकी भन्ने कुरा यी उदहारणले गलत छन ।  

९) सुगमता,  सहजता,  भौतिक संरचना,  देशको भविश्य,  देशको राजधानीको कोलहालबाट मुक्ति पाउने एक मात्र बिकल्प र स्थान हेटौंडा ३ नं. प्रदेशको राजधानी बनायर मात्रै सम्भव छ ।

यी माथिका कुराहरु आम नागरिक र देश चलाउने सबै पार्टी र सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्यले सार्वजनिक गरिएका हुन । त्यसैले ३ नं. प्रदेशको राजधानी तोक्दा यी कुराहरुलाई ध्यान दिई बिज्ञ टोलीको सुझाव र  काठमाडौ उपत्यकाको चापलाई समेत ध्यान दिई व्यक्तिगत स्वार्थ र आफ्नो ठाँउ भन्दा राज्यको उन्नती र भविश्यको ख्याल गरि राजधानी तोकियोस भन्ने ध्यानाकर्षण गराउँदछौ ।




0 comments

Write Down Your Responses