Powered by Blogger.
लोकतान्त्रीक आदीवाशीको इन्द्रशरोबर–३ मा अशोक


सिस्नेरी(मकवानपुर)। नेपाल लोकतान्त्रीक आदिवाशी जनजाती महासंघ इन्द्रशरोबर गाँउपालिका वडा नम्बर ३ को अध्यक्षमा अशोक तामाङ निर्वाचित भएका छन् । गत शनिबार सिस्नेरीमा भएको महासंघको प्रथम वडा अहिवेशनले तामाङको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो । 

नेकपा(एमाले) ३ नम्बर प्रदेश कमिटीका सदस्य एवं प्रदेश सभाका उमेद्वारका आकाँक्षी रामेश्वर रानामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघको घटक संघ नेपाल लोकतान्त्रिक तामाङ संघको वडा कमिटी समेत गठन गरिएको छ । 

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश कमिटी सदस्य रानामगरले आगामी निर्वाचनमा एकजुट भएर अघि बढ्दै विजय हात पार्ने दावी गरे । उनले सबैको त्यागको मुल्याङ्कन गर्ने परिपाटी बसाउने बचन दिँदै आफु सर्वसम्मत भएको जिकिर गरे । 

कार्यक्रमका विशेष अतिथि नेपाल लोकतान्त्रिक आदीवाशी जनजाती महासंघका केन्द्रीय सचिव एवं एमाले मकवानपुर जिल्ला कमिट सदस्य रामचन्द्र बलले जनजाती महासंघ कुनै सामाजिक संघ संस्था नभइ पार्टीको एक अभिन्न अंग अर्थात जनवर्गीय संगठन भएकाले ढुक्क भएर हरेर गाँउ टोलसम्म संगठन विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । 

उनले पार्टीले अवशरको समानुपातिक वितरण गर्नुपर्ने आम कार्यकर्ताको भावनालाई समेट्नुपर्नेमा सुझाव दिँदै सबै नेताहरु सानातिना मतभेद त्यागेर एक भइ अगाडि बढेमा मात्र सुखद परिणाम ल्याउनु सकिने धारणा राखे । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य डिके पुडासैनी,  इन्द्रशरोबर–३ का वडा अध्यक्ष चिरन्जीवी पौडेल लगायतको सहभागिता थियो । 

तामाङ नेतृत्वमा गठित ११ सदस्यीय महासंघको उपाध्यक्षमा उमेश राना, मनलाल भोम्जन, उपसचिव मनोज नगरकोटी, कोषाध्यक्ष लक्ष्मी थिङ तथा सदस्यहरुमा कुमार घिसीङ, प्रकाश मोक्तान, कमला वाइबा, राजकुमार थापामगर, विक्रम भ्लोन, राजन स्याङ्तान लगायत रहेका छन् । 

इन्द्रशरोबर गाँउपालिका ३ नम्बर वडाका वडा अध्यक्ष शेरबहादुर वाइबाको अध्यक्षतामा गठित लोकतान्त्रिक तामाङ संघको उपाध्यक्षमा सुचना दोङ, सचिव कृष्ण थिङ, उपसचिव कृष्णलाल वाइबा, कोषाध्यक्ष कमला वाइवा तथा सदस्यहरु राजन स्याङ्तान, बिरेन्द्र पाख्रिन लगायत रहेका छन् । 




0 comments

Write Down Your Responses