Powered by Blogger.
स्थिरता र संमृद्धिको लागि एमालेसंग गठबन्धनः अध्यक्ष ढकाल


२४ असोज, चितवन । नेपाल परिवार दलको केन्द्रिय कार्य समिति बैठक चितवनमा सम्पन्न भएको छ । दलका अध्यक्ष एकनाथ ढकालले ४ दिन अघि दिबंगत हुनुभएकि आमाको काज क्रिया बसिराखेको बेला केन्द्रिय समितिको बैठकको अध्यक्षता गरेका थिए । 

कालिका नगरपालिका, वडा नम्बर ६, खोलेसिमलमा आयोजित बैठकमा सहभागी हुन विभिन्न जिल्ला बाट केन्द्रिय सदस्यहरु ढकाल निवास चितवन आएका थिए ।

बैठकले नेकपा एमाले र परिवार दल बीच भएको ३ बुदे सहमतिको अनुमोदन गरेको छ । त्यसैगरी परिवार दलको तर्फबाट उम्मेदवारको शिफारिस गर्न केन्द्रिय कार्य सम्पादन समितिलाई अधिकार दिएको छ ।

बैठकलाई सम्बोधन गर्दै पूर्व मन्त्रि समेत रहेका ढकालले एमाले संगको चुनाबी गठबन्धन मुलुकमा स्थिरता र बिकासको लागि भयको बताए । उनले राष्ट्रियता, विकास, संविधानको कार्यन्वयन, शान्ति र लोकतन्त्रको खातिर एमाले संग सहकार्य गरेको प्रष्ट पार्दै गठबन्धनलाइ अत्याधिक बहुमतका साथ बिजयी गराउन निर्देशन दिए । 

अध्यक्ष ढकालले तोकियको मितिमै निर्बाचन हुनु पर्नेमा जोड दिदै सहमतिको आधारमा प्राप्त हुने निर्बाचन क्षेत्रमा उम्मेदवार हुन आफुँ तयार रहेको पनि बताए । 

महामन्त्री बिनोद डाँगीले अध्यक्ष ढकालको आमाको दुखद निधन भयकोमा प्रस्तुत गर्नु भयको शोक प्रस्ताब बैठकले पारित गरेको थियो । 

बैठकमा महामन्त्री बिनोद डाँगी, सांसद मिलन राजबंशी, केन्द्रिय सदस्यहरु प्रकाश बाबु थापा, गणेश कुमार श्रेष्ठ, लक्ष्मी प्रसाद भण्डारी, पिया रत्न महर्जन, अधिवक्ता दयाँराम कंडेल, नबिन जैशी, रामचद्र चौधरी, शिव कृष्ण श्रेष्ठ,रुपसिंह भण्डारी, राघबेन्द्र श्रीबास्ताब, राजेश बिष्ट, अब्दुल केयुम शाह फकिर, मनोज लाल कर्ण, सन्तोष दास, रीता कमारी महत्तो लगायतले आ–आफ्ना धारणा राख्नु भयको थियो ।

बैठकमा बोल्ने अधिकाम्स केन्द्रिय सदस्यले प्रतिनिधि सभा तथा सबै प्रदेशमा परिवार दलको प्रत्यक्ष र समानुपातिक उम्मेदवार हुनु पर्नेमा जोड दियका थिए ।

0 comments

Write Down Your Responses