Powered by Blogger.
जताततै निरुताको चर्चा


असोज २४, काठमाडौं ।  सुन्दर अनि आकर्षक शरीरकी धनी उनको सुन्दरताको मापन गर्ने यन्त्र हँुदो हो त उनी बाहेक अरु प्रतिस्पर्धामा रहने सम्भावना कमै मात्र हुन्थ्यो । 

रुपले मात्र धपक्क बलेकी छैनन् उनी । उनको कला अझ बढी चम्किलो छ । आफु त सुन्दर छँदै छिन् अरुलाई पनि बाहिरी सुन्दरतामा ढाल्न उनि उत्तिकै पोख्त छिन् । हो उनै पोख्त कलाकार निरुता क्षेत्री गायनका साथै मोडलिंगमा जम्दै मात्र छैनन्,स्थापित हुने अन्तिम कसरतमा होमिएकी छिन्।

आधा दर्जन गीतमा उनले सुरिलो स्वर भरिसकेकी छिन् । अभिनयमा उम्दा ठहरीएकी निरुताले दर्जनौ गीत र म्युजिक भिडियोमा तिख्खर अभिनय पस्किएकि छिन् । 

बर्दियामा जन्मिएकी उनले आधा दर्जन गीतमा कोइली स्वर भरेकी छिन,त्यस्तै दुइ दर्जन म्युजिक भिडियोमा अभिनय पस्किएकि छिन् ।

0 comments

Write Down Your Responses