Powered by Blogger.
इन्द्रसरोवरमा जनजाति महासंघ र तामाङ संघको कमिटी वडासम्मै


कुलेखानी(मकवानपुर) । नेपाल लोकतान्त्रिक आदिवाशी जनजाती महासंघ इन्द्रसरोवर गाँउ पालिकाको  २ नम्बर वडा अधिवेशन सम्पन्न भएको छ ।
  
महासंघका केन्द्रीय सचिव तथा नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य रामचन्द्र बलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

 कार्यक्रमम नेपाल लोकतान्त्रिक तामाङ संघको वडा अधिवेशन पनि संयुक्त रुपमा गरिएको थियो । अधिवेशनको उद्घाटन प्रमुख अतिथि बलले मैनवत्ती बालेर गरेका थिए ।

कार्यक्रममा इन्द्रशरोवर गाँउ पालीकाका प्रमुख तथा नेपाल लोकतान्त्रिक तामाङ संघका केन्द्रीय सदस्य जीवन लामा, इन्द्र सरोवर गाँउ पालिकाका वडा अध्यक्ष तथा एमाले मकवानपुरका विभागीय सदस्य राजुमान महर्जन लगायतको सहभागिता थियो । 

अधिवेशनले नेपाल लोकतान्त्रिक आदिवाशी जनजाती महासंघ इन्द्रसरोबर २ कुलेखानीको  ९ सदस्यीय वडा कमिटी गठन सर्वसम्मत ढंगले गरेको छ । कमिटीको अध्यक्षमा वीरबहादुर थिङ, उपाध्यक्षमा हरिकुमार भ्लोन सचिव विश्व थोकर, कोषाध्यक्ष नानीमाया स्याङ्तान, सहसचिव आइतीमाया रुम्वा तथा सदस्य सावित्री थापा मगर, राजु तितुङ लगायत रहेका छन् ।

यसैगरी २ नम्बर वडा स्तरीय नेपाल लोकतान्त्रीक तामाङ संघ समेत सर्वसम्मत रुपमा चयन गरिएको छ । 

बुद्धिमान स्याङ्तानको अध्यक्षतामा गठन भएको ९ सदस्यीय कमिटीको उपाध्यक्षमा कुमार डिम्डुङ, सचिव बिरेन्द्र गोले, कोषाध्यक्ष अनुजा स्याङतान र सहसचिव बाबुराम घिसीङ रहेका छन् । 

यसैगरी सदस्यहरुमा प्रेमबहादुर बल, वीरबहादुर बल, बुद्ध मोक्तान र लालकुमार गोले रहेका छन् ।




0 comments

Write Down Your Responses