Powered by Blogger.
पुर्नस्थापना केन्द्रलाई दराज सहयोग

हेटौडा,  लागुपदार्थको दुर्व्यसनीमा फसेका महिलाहरुको सफल उपचार र पुर्नस्थापना गरि समाजलाई लागुपदार्थ दुर्व्यसनी मुक्त बनाउने योजना स्वरुप अनवरत क्रियाशिल रहेको भन्दै हेटौडा जेसिजका मेम्बरहरुले सिआन महिला पुर्नस्थापना केन्द्रलाई दराज सहयोग गरेका छन । 
हेटौडा जेसिजको तर्फवाट प्रलाद चौलागाई ,रुपक राज दाहाल र बसन्त कपरौलाले सो दराज हस्तान्तरण गर्दै आगामी दिनमा समेत सहयोग गर्ने बताएका छन् । सहयोग ग्रहण गर्दै सिआन पुर्नस्थापना केन्द्रका प्रमुख सौजन डिसिले यस्ता सहयोगले सिआनलाई अगाडी वढ्न थप प्रेरणा मिल्ने बताए । 

0 comments

Write Down Your Responses