Powered by Blogger.
थाहामा आँखा शिविर


मकवानपुर । नेपाल नेत्रज्योति संघ, लायन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहाको आयोजनामा थाहा नगरमा भएको निशुल्क आँखा शिविरको दोश्रो दिन ७४८ जनाको आँखा परिक्षण गरिएको छ ।

थाहानगरको बज्रबाराही उपस्वास्थ्य चौकीमा भएको शिविरमा ८८ र सुनौला माध्यमिक विधालयमा भएको शिविरमा ६६० जनाको आँखा परिक्षण गरिएको लियो क्लब अफ पिस थाहाका अध्यक्ष अनित विष्टले जानकारी दिए । सुनौला माविमा विद्यार्थीहरुको आँखा परीक्षण गरिएको थियो । सुनौलामा आँखा परीक्षण गरिएका मध्ये २० जनालाई निःशुल्क चस्मा वितरण गरिएको विष्ट जानकारी दिए । 

यसैबीच बज्रबाराही उपस्वास्थ्य चौकीमा भएको शिविरमा १८ जनामा मोतिया बिन्दु भएका विरामीहरु भेटिएको छ । मोतिया बिन्दु भएका १८ जनाको निशुल्क शल्यक्रिया गरिने भएको छ । 

त्यस्तै २६ असोजमा विद्यार्थीका लागि मात्रै थाहानगरको जनकल्याण माविमा शिवर संचालन हुने अध्यक्ष विष्टले जानकारी दिए । शिविरमा आउने बिद्यार्थीहरुलाई चस्मा आवश्यक भएमा निःशुल्क प्रदान गरिने भएको छ । त्यस्तै मोतिबिन्दु भएका बिरामीहरुलाई शल्यक्रियाका लागि ल्याउने लैजाने व्यबस्था सहित निःशुल्क शल्यक्रिया गरिने छ । 

शिविरमा आँखाका रोगीहरु सहभागी भई उपचार गराई निःशुल्क सेवा लिनको लागि लायन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहाले अनुरोध गरेको छ । 

साथै पहिलो दिन अर्थात २४ असोजमा भएको पहिलो दिनको शिवरमा ४ सय ८६ जनाको आँखा परीक्षण गरिएको थियो भने जसमा २४ जनालाई निशुल्क चस्मा वितरण गर्नुका साथै मोतियाविन्दु भेटिएका २० जनालाई शल्यक्रियाको लागी काठमाडौ लगिएको छ ।

0 comments

Write Down Your Responses