Powered by Blogger.
काँग्रेस मकवानपुरद्वारा दीपावलीको अवसरमा चियापान तथा वी.पी.को प्रतिमा अनावरण

Image may contain: 3 people, people standing and outdoorहेटौंडा, ३० असोज / नेपाली काँग्रेस मकवानपुरले सोमबार दीपावलीको अवसरमा चियापान तथा महामानव वी. पी. कोईरालाको प्रतिमा अनावरण गरिएको छ । 

नेपाली काँग्रेस मकवानपुरका सभापति एवं पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा चियापान तथा वी.पी. कोईरालाको प्रतिमा अनावरण गरिएको हो । सभापति बानियाँले आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई भव्यरुपमा सफल पार्न सबै तह र तप्का लाग्नुपर्ने बताउनुभएको छ ।
Image may contain: 6 people, people standing
चियापान तथा प्रतिमा अनावरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमूख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, उद्योग संघका अध्यक्ष, नवराज अर्याल, नारायणी यातायात व्यवसायी संघ अध्यक्ष बद्रीप्रसाद चौलागाई, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी एवं गैरसरकारी कार्यालयका प्रतिनिधि, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था प्रतिनिधिलगायत नेपाली काँग्रेस मकवानपुरका नेता तथा कार्यकर्ता, सर्वसाधारण, शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।
Image may contain: 5 people, crowd and outdoor

0 comments

Write Down Your Responses