Powered by Blogger.
अपाङ्ग महिला संघमा निर्मला


काठमाडौं । नेपाल अपाङ्ग महिला संघको १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । 

सो साधारण सभा एवं अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पानसमा दिप प्रज्वलन गरेर गर्नु भएको थियो । 

कार्यक्रममा सम्वोधन गर्दै उहाँले काठमाडौं महानगरपालिकाका कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुको लागि गरिने कार्यक्रमका लागि बजेट छुट्याउने बताउदै अपाङ्गता मैत्री हुने गरी थप साझा बस ल्याउने बताउनु भयो ।

अधिवेशनले निर्मला धितालको अध्यक्षतामा ७ जनाको नयाँ कार्य समिति चयन गरेको छ । 

जसमा उपाध्यक्षमा कमला बुढाथोकी, महासचिवमा मिना पौडेल, कोषाध्यक्षतमा अनिता घिमिरे चयन हुनु भएको छ भने सदस्यहरुमा मैया लमसाल, शोभामाया वि.क. र लक्ष्मी देवकोटा रहनु भएको छ ।  


0 comments

Write Down Your Responses