Powered by Blogger.
पत्रकार महासंघका सदस्य बस्नेतलाई पित्रृशोक


काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्य समिति सदस्य पुष्कर बस्नेतलाई पित्रृशोक परेको छ ।   

राष्ट्रिय आर्थिक मासिकका प्रकाशक–प्रधानसम्पादक तथा सेतोघर अनलाइनका समेत सम्पादक रहेका बस्नेतका बस्नेतका पिता टोपबहादुर बस्नेतको आइतबार उपचारका क्रममा विर अस्पतालमा निधन भएको हो ।

६५ वर्षीय स्वर्गिय बस्नेतलाई दम, मधुमेह, उच्च रक्तचाप लगायतका विभिन्न रोग थियो । परिवारले विभिन्न अस्पतालहरुमा लामो समयदेखि उपचार गराउँदै आएको थियो ।

स्वर्गीय बस्नेतको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । सो कार्यक्रममा पत्रकार महासंघमा आवद्ध तथा विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । अहिले बस्नेत परिवार वानेश्वर क्याम्पस पछाडि रहेको किरीयापुत्री घरमा काजकिरीयामा बसेको छ । 

यसैबीच नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले शोक वक्तव्य जारी गर्दै बस्नेत परिवारमा परेको यो शोकले गहिरो चोट लागेको उल्लेख गरेको छ । वक्तव्यमा मृतकको चीर शान्तिको कामना गदै हार्दिक श्रद्धाञ्जलि तथा शोक शन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।  

0 comments

Write Down Your Responses