Powered by Blogger.
कैलाश गाउँपालिका गोगनेबाट रित्तै फर्किए जन्ती ,खेर गयो भोज

मकवानपुर, मकवानपुरको कैलास गाउँपालिका स्थित गोगने चौकीटारकी १४ वर्षीय बालिका रुपा गुरुङ (नाम परिर्वतन) को बिहेको सबै तयारी सकिसकेको थियो । धादिङ जिल्लाका २५ वर्षीय यूव जन्ती सहित वालिकालाई विहे गरेर लैजान घरअघि बनाएको मण्डलमा आईसकेका थिए । जन्ती तथा घरगाउँलेलाई भोज पनि तयार हुँदै थियो । यो केहि दिनअघिको घट्ना हो ।

बेहुला पक्षका आफन्ता दुलही लैजान आतुर देखिन्थे भने केटिको वुवाआमा पनि छोरीलाई पठाएर ढुक्क हुने सोचमा थिए । तर विवाह घरबाट न त कसैले दुलही अन्मिन पर्यो नत बेहुलाले दुलही लैजान। स्थानिय सामाजिक अभियान्ताहरुले बालिकाको अभिभावकले जवरजस्ती विहे गरिदिन लागेको आरोपमा विहे रोकिदिएकोपछि १४ वर्षीय गुरुङले सानै उमेर वेहुली बनिदिनुपर्ने वाध्यताबाट छुटकारा पाइन् ।

स्थानिय विद्यालयमा कक्षा ८ मा पढ्दै गरेकी बालिकाको विवाह हुदैँछ भन्ने थाहा पाएपछि विवाह मण्डलमै पुकेका सामाजिक अभियान्ताहरुले विवाहमात्र रोेकेनन्, आगामी दिनमा उमेर नपुगी विवाह गरेमा सामाजिक कारबाहि गर्ने चेतावनी समेत दिए ।

केटापक्षका केहि आफन्त र केहि स्थानियको उपस्थितमा गाउँमा खासै जानकारी नदिई हुन लागिरहेको विवाह स्थानिय वाल संरक्षण समिति गोगनेको अगुवाईमा रोकिएको हो । केटा र केटि पक्षका विचमा कुरा छिनोफानो गरेर तीन चार दिनको विचमा विवाहको तयारी गरिएको थियो । विवाहको कुरा छिनिए पछि तनावमा रहेकी बालिकाले कसैलाई आफ्नो विवाह हुदैछ भन्ने कुरा गरिनन् ।

विद्यालयका एक जना शिक्षकले बालिकालाई तनावको अवस्थामा भेटेपछि घरबाट जवरजस्ती विवाह गरिदिन लागेको थाहा भएको थियो । उमेरै नपुगी विवाह नर्गनको लागि वालिकाको अभिभावकलाई आग्रह गर्दा समेत आफ्नो छोरीको विवाह गर्नको लागि अरुले सिकाईरहनु नपर्ने जवाफ र्फकाएका थिए ।

अन्तत  : शिक्षक मार्फत वाल संरक्षण समितिमा पुग्यो  र रातारात बनाएको योजना असफल भयो । आफ्नो विवाह रोकिएपछि वालिका दंग छिन् भने सामाजिक अभियान्तमा लागेका अभियान्ताहरु पनि खुसि छन् । विवाह गर्दिन भन्दाभन्दै जसरी पनि विवाह गर्नको लागि घरबाट दवाव आयो ।’ वालिकाले भनिन्, सानै उमेरमा विवाह हुन लागेकाले  भविष्यमा के हुने हो भन्ने चिन्ताले खान मन लागेको दिएन् दिदाउन पनि सकेको थिइनँ ।’  उमेर नपुगी विवाह नगरिदिन आफ्ना बाआमा सहमत बनेकोमा खुसी लागेको बताएन् । उमेर पुगेर मात्र विवाह गर्ने कुरा बावुआमाले बुझ्नु भयो,यसैमा खुसी छु उनले भनिन् ।

वाल संरक्षण गोगनेका अध्यक्ष राम बहादुर थिङले गाउँमा वालवालिको सवालमा रहेर काम गर्ने अभियान भएकाले वालविवाह रोक्न आफ्नो जिम्मेवारी रहेको बताए । मकवानपुरको गोगने अलवा चुरियामाई, पदमपोखरी,हाँडिखोला,सरिखेत,नामटार,बेतिनी धिँयाल लगायत साविक १५ वटा गाविसमा वालविवाह गर्ने प्रचलन बढि रहेको समाचार आजको हेटौडा सन्देशमा रहेको छ ।


0 comments

Write Down Your Responses