Powered by Blogger.
काठमाडौंको १० ओटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


काठमाडौं ।  निर्वाचन आयोगले काठमाडौं जिल्लाका १० ओटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

बिहिबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहकाबीच प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं १ को मुख्य निर्वाचन अधिकृततको कार्यालय स्थापना गरिएको हो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रमेश पोखरेलले निर्वाचन अधिकृतको कर्यालय उद्घाटन गर्दै निर्वाचनको महाअभियानमा जुट्नु सबैको कर्तव्य भएको बताउनुभयो । 

कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेपाल प्रहरीका एसएसपी रबिन्द्र धानुक, जिल्ला निर्वाचन कार्यालय प्रमुख बिनोदकुमार दाहाल, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी, शसस्त्र प्रहरी, नेपाली सेनाका प्रतिनिधी लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । 

कार्यालय उद्घाटनपछि आयोजित संक्षिप्त मन्तव्य दिँदै मुख्य निर्वाचन अधिकृत पोखरेलले निर्वाचन सफल पार्न मुख्य भुमिका सुरक्षा अंगको हुने भन्दै आफुहरुले मात्र केही गर्न नसक्ने र यो महाअभियान सफल पार्न सबै एकतावद्ध हुनुको विकल्प नरहेको बताउनुभयो । 

उहाँलेआफुहरुको भूमिका निष्पक्ष हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी शर्माले मुलुक नै निर्वाचनमय भएको भन्दै काठमाडौं पनि आजदेखि त्यो अभियानमा होमिएको र सो अभियान सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । 

सुरक्षाका सन्दर्भमा ढुक्क हुन पनि उहाँले आश्वस्त पानुभयो । निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने  काठमाडौं सहित ४५ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।  जस अन्तर्गत क्षेत्र नं १, २, ३ र ४ को ः राष्ट्रिय सभागृह भृकुटीमण्डप, क्षेत्र नं ५ र ७ को ः विद्युत विकास विभाग, थापा गाँउ, क्षेत्र नं ६ कोः जिविस कार्यालय, क्षेत्र नं ८ कोः जिल्ला भू संरक्षण कार्याल हात्तिसार, क्षेत्र नं ९ र १० कोः विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र, वानेश्वरमा कार्यालय स्थापना भएका छन् । 

आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि कार्यालय स्थापना गरेर काम शुरु गरिएको र अब मुलुक निर्वाचनको महाअभियानमा अर्जुनदृष्टि लगाएर होमिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । दोस्रो चरणको चुनाव मंसिर २१ गते हुँदैछ । 

त्यसका लागि यही कात्तिक १६ गते मनोनयन दर्ताको मिति निर्धारण गरिएको छ ।






0 comments

Write Down Your Responses