Powered by Blogger.
भूकम्पपीडितलाई एकैपटक दोस्रो र तेस्रो किस्ता दिने

मकवानपुर,२५ असोज । दोस्रा किस्ताका लागि योग्य भूकम्प पीडितहरुले गाउँपालिका र नगरपालिकाको सिफारिसमा अग्रीम रुपमा तेस्रो किस्ता पाउने भएका छन् । ‘५० हजार बुझेका सेवाग्राहीलेघरको जग हालेका छन् भने स्थानीय तहको सिफारिसमा अब दोस्रो र तेस्रो किस्ता सशर्त एकैपटक दिने भएका हुन् ।

निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रीम रुपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको हो । प्राधिकरणको प्रस्तावलाई अर्थ मन्त्रालयले सहमति दिएसँगै यो प्रक्रिया अघि बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास अनुदान अग्रिम रुपमा पाउने भएका हुन् । यो व्यवस्थापछि अब घरको जग उठाएर दोस्रो किस्ता लिन योग्य भएका घरधनीले दोस्रो किस्ताबापतको डेढ लाख र तेस्रो किस्तावापतको एक लाख गरी एकैपटक अढाइ लाख पाउनेछन् ।

यो व्यवस्थापछि निजी आवास निर्माण गर्न चाहने घरधनीले जग उठाइसकेपछि एकमुष्ठ रकम प्राप्त गरी घर निर्माण सम्पन्न गर्न सक्नेछन् ।


0 comments

Write Down Your Responses