Powered by Blogger.
थाहामा बृहत साँस्कृतिक कार्यक्रम


पालुङ । उत्तरी मकवानपुरको दामनमा बृहत साँस्कृतिक कार्यक्रम भएको छ । उत्तरी क्षेत्रमा कलालाई उजागर गर्दै आएको थाहा कला केन्द्रको आयोजनामा बृहत साँस्कृतिक तथा चिट्ठा कार्यक्रम भएको हो । 

थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यता तथा थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानको सभाध्यक्षतामा कार्यक्रम भएको हो । समाज रुपान्तरणको लागि चलचित्र निर्माणको अभियानमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा विशेष आकर्षकको रुपमा भिमफेदी गाईज, रक गायिका सरस्वती लामा, राष्ट्रिय लोक गायक मुक्तिनाथ उप्रेती रहनु भएको थियो । साथै विभिन्न क्लव तथा स्थानिय कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थियो । मकवानपुरको पर्यटकीय क्षेत्रलाई कलाको माध्यामबाट चिनाउने र समाज रुपान्तरको लागि चलचित्र निर्माण गर्ने उद्देश्यका साथ कला केन्द्र अगाडि बढिरहेको छ ।

‘आफुले आँटेको काम सफल भयो, यसमा म ज्यादै खुशी छु र साथ, सहयोग गर्नुहुने सम्पूर्णमा विशेष आभार प्रकट गर्न चाहन्छु’ कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले भने ।

हरिवोधिनी एकादशीको दिन थाहा नगरपालिकाको पर्यटकीय क्षेत्र दामन भ्यु टावर अगाडिको सडक विभागको चौर कार्यक्रम गरिएको हो ।  कार्यक्रमका प्रमुख अतिथि उप प्रमुख गोपालीले आफूले सदैव साथ र सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष किरणमान बल, गौरी शंकर होटलका प्रोपाईटर शिवकुमार खत्री, पालुङ बहुमुखी क्याम्पसका शिक्षक दिपक बिष्ट, थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान लगायतको आतिथ्यता रहेको थियो । 

यसैबीच थााहा कला केन्द्रको बृहत सांस्कृतिक कार्यक्रममा विशेष आर्कषणको रुपमा रहेको चिट्ठा उपहार मंगलबार नै खोलिएको छ । प्रथम पुरस्कार थाहा नगरपालिका ४ का संगिता बरुवालले पाउनु भएको छ । त्यसैगरि त्यसैगरि दोस्रो पुरस्कार थाहा ५ का सुनिस लामा र तृतिय पुरस्कार थाहा नगरपालिका २ का नविना विष्टलाई परेको छ । 

बरुवालले प्रथम पुरस्कार स्वरुप स्कुटर पाउनु भएको छ भने दोस्रो र तृतियले क्रमश ३२ ईन्चको एल ई डी र स्यामसुङ मोबाइल फोन पाएका छन् ।  एक कार्यक्रमकाबीच उनीहरुलाई पुरस्कार वितरण गरिएको हो । सान्त्वन्ना उपहार साधारण मोवाइल अन्य ५ जनालाई परेको छ ।– जनक तामाङ




0 comments

Write Down Your Responses