Powered by Blogger.
जनताको मन जितेर रुपान्तरणको युग आरम्भ गरिन्छः महाँसचिव पोखरेल


काठमाडौ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निर्वाचन पश्चात वन्ने वामपन्थी नेतृत्वको सरकारले मुलुकमा आमूल परिवर्तनको अनुभूति दिने गरि काम गर्ने बताउनुभएको छ । 

काठमाडौ क्षेत्र नं. ५ का उम्मेदवार समेत रहनु महासचिव पोखरेलले धापासीमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै जनताको मन जितेर रुपान्तरणको युग आरम्भ गर्ने सोचाई आफुहरुको रहेको भनाई व्यक्त गर्नुभयो ।

‘अव वन्ने वामपन्थी नेतृत्वको सरकार मार्फत हामी जनताको मन जितेर मुलुक रुपान्तरणको प्रस्थान विन्दु बनाउने योजनामा छौं’–महासचिव पोखरेलले भन्नुभयो– ‘कसैले पनि भ्रम नपाले हुन्छ, हामी त्यही गृहकार्यका साथ गठवन्धन निर्माण गरेर अघि बढेका हौं, अव गरेर देखाउँछौं ।’

उहाँले निर्वाचनपछि मुलुक स्थितरतातर्फ जाने दावी गर्दै लोककल्याणकारी राज्य स्थापना गरेर जनतालाई अनुभूति दिनेगरि नीति कार्यक्रम ल्याउने वताउनुभयो । वहुदलिय व्यवस्थापछि राजनीतिक विकृत बढ्दा जनता निराश भएको भन्दैं महासचिव पोखरेलले अव त्यस्तो देख्न नपर्ने बताउनुभयो । ‘स्थिर सरकार बनाएर हामी जनताका सपना र आकाँक्षा पुरा गर्ने योजना सहित तपाईहरुसमक्ष आएका हौं, आशा छ तपाईको सहयोग पाउने छौं’ उहाँको भनाई थियो । योजना, नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरेर आफुहरुले योग्यता  प्रदर्शन गर्ने उहाँको दावी थियो ।



उहाँले मंसिर अन्तिम साता वाम गठबन्धनको नेतृत्व सरकार बन्ने दावी गर्दै अव वामपन्थी नेतृत्व कसैले पनि रोक्न नसक्ने बताउनु भयो । अस्थिर राजनीति नै  मुलुकको प्रगतिको वाधक भएको उल्लेख गर्दै ६–६ महिनामा सरकार ढालेर रमाउने राजनीतिको अन्त्य अवश्यमभावी रहेको उल्लेख गर्नु भयो । 

महासचिव पोखरेलले एमाले र नेकपा (माओवादी केन्द्र)संगको तालमेल चुनावसम्मका लागि नभई राष्टको आवश्यकता अनूरुप नै भएको उल्लेख गर्नुभयो । उहाँले नेपाली कांग्रेसले पटक पटक जनताबाट विश्वासको मत पाउदा पनि मतको सदुपयोग गर्न नसकेको आरोप लगाउनु भयो । 





0 comments

Write Down Your Responses