Powered by Blogger.
वाम घोषणा पत्रले भन्यो,‘अब दामन आधुनिक सहर, टिष्टुङ कुलेखानी राजधानीको उपसहर’


काठमाडौं । उत्तरी मकवानपुरको दामनलाई स्मार्ट सिटीसंगै नयाँ शहरको रुपमा विकास गरिने भएको छ । संयुक्त वाम गठवन्धनको चुनावी घोषणा पत्रमा यो कुरा उल्लेख गरिएको हो । 

घोषणा पत्रमा दामन लगायतका स्थानलाइ आधुनिक शहरका रुपमा विकास गरि स्मार्ट सिटी बनाउने उल्लेख छ । एमाले र माओवादीले आगामी ५ वर्षमा गर्ने काम समेटेर गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । 
घोषण पत्रमा हुलाकी राजमार्गका नयाँ स्थानमा १० वटा , पूर्व पश्चिीम राजमार्गका किनारमा थप १० वटा, भित्री तराई राजमार्गका विभिन्न स्थानमा १० ओटा , पुष्पलाल मध्यपहाडी राजमार्गका तोकिएका १० स्थानमा आधुनीक शहरको विकास गरिने उल्लेख छ । 

आधुनीक नयाँ शहर स्थापना गरिनुका साथै सबै शहरका केन्द्रमा स्मार्ट सिटी विकास गरिने उल्लेख छ । 

मस्याङ्दी उपत्यका, इलाम, अरुण उपत्यका, दामन, वालिङ, लुम्बिीनी, जुम्ला, डँडेलधुरा, साँफेबगर लगायतका स्थानमा घोषणापत्रमा ५ वर्ष भित्र पूर्वपश्चिम राजमार्गको समानान्तर विद्युतीय रेलमार्ग देखि रसुवागढी काठमाडौं, पोखरा र लुम्बिनीलाई रेलमार्गले जोड्ने प्रण गरिएको छ ।

त्यस्तै घोषणा पत्रमा स्वच्छ, सुन्दर र आधुनीक राजधानी अन्तर्गत उपत्यका लगायत टिष्टुङ, कुलेखानी, बैरेनी र नौबीसे त्रिशुली उपत्यका, मेलम्ची इन्द्रवती उपत्यका र दोलालघाट, पाँचखाल, भकुण्डेवेशी, बनेपा, धुलीखेल र पनौती सहित समावेश गरी वृहत्तर राजधानी उपशहर क्षेत्र विकास गरिने उल्लेख छ । 

यस्तै हिमाली जिल्ला सदरमुकामलाई चार लेनका सडकमार्फत चीनको सीमानामा जोड्ने, हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्गलाई चार लेनको बनाएर सञ्चालन गरिने घोषणा पत्रमा उल्लेख छ ।

‘आगामी पाँच वर्षमा पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिनेछ । यसै अवधिमा रसुवागढी–काठमाडांै–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिनेछ । आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिको रेल सञ्चालन गरिनेछ’ संयुक्त घोषणापत्रमा उल्लेख छ, ‘काठमाडौं र वीरगञ्जलाई जोड्ने रेलमार्ग निर्माण कार्य अघि बढाइनेछ । 

काठमाडौंलगायत अन्य मुख्य सहरहरूमा सम्भाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिनेछ । स्थानीय तहमा चक्रपथको सम्भाव्यता अध्ययन गरी निर्माण आरम्भ गरिनेछ ।’

राजधानी काठमाडौंलाई छिमेकी देशका रेलमार्गसँग जोड्ने र राजधानीसँग सबै प्रदेशका केन्द्रहरुलाई द्रूतमार्गले जोड्ने प्रण घोषणा पत्रमा गरिएको छ । ‘राजधानी काठमाडौंलाई छिमेकी मुलुकका रेलमार्ग सञ्जालसँग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रहरूसँग द्रुतमार्गहरूद्वारा जोडिनेछ । 

प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी प्रदेश केन्द्रहरूलाई जिल्ला सदरमुकाम तथा स्थानीय तहका केन्द्रसँग आधुनिक यातायात सञ्जालद्वारा जोडिनेछ’ घोषणा पत्रमा उल्लेख छ ।





0 comments

Write Down Your Responses