Powered by Blogger.
बामगठबन्धन कसैप्रति लक्षित नभई स्थायी सरकारका लागि : दाहाल

हेटौंडा, २३ कात्तिक /
नेकपा एमाले र नेकपा माओबादि केन्द्रको बागमति गाउँपालिका स्तरीय कार्यकर्ता भेला आज फापरबारीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर एकका उमेद्वार कृष्णप्रसाद दाहालले बामगठबन्धन कसैप्रति लक्षित नगरी स्थायी सरकारको लागि भएको बताए । 

दिगो सरकार नबनेसम्म देश बिकासमा असर परेकोले नै बिकल्पका रुपमा बामगठबन्धनको सरकार आबश्यक रहेको दाहालको भनाई थियो । यसैगरी एकनम्बर क्षेत्र प्रदेश क का बाम गठबन्धनका उमेद्वार प्रेमबहादुर पुलामीले देशमा बिद्यमान गरीबी र बेरोगारी अन्त्य गराउनको लागि बामगठबन्धन कृयाशिल भएको प्रतिकृया दिए । 
भेलाले ज्ञानुसागर लामाको संयोजक तथा शर्मीला बिक सहसंयोजक रहने गरी १ हजार ९९ सय सदस्यीय गाउापाँलिकास्तरीय निर्बाचन परीचालन कमिटि गठन गरेको छ । त्यसैगरी भेलाले ३५ सदस्यीय निर्बाचन परीचालन सचिबालय समेत निर्माय गरेको छ । सचिबालयमा संघर्ष पाख्रिन, जयबहादुर वाइवा, उत्तम पौडेल, क्षेत्र बहादुर राना, बिजय भ्लोन, मंगल रखाल लगायत रहेका छन् । 

ज्ञानुसागर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा एमालेका प्रदेश सदस्य रामचन्द्र राई, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, एमाले मकवानपुरका उपाध्यक्ष एमब् एक नम्बर क्षेत्रका निर्बाचन परीचालन कमिति संयोजक बद्रि लम्साल, प्रदेश क का संयोजक एबम् नेकपा माओबादि केन्द्रका प्रचार बिभाग प्रमुख कमासिंह पाख्रिन, सहसंयोजक कमल बिष्ट, रामजी सापकोटालगायत बामगठबन्धनका नेताहरुको सहभागिता रहेको थियो ।
यसैगरी नेकपा माओबादि बैद्य बाट भक्तबहादुर थिङ जयन्त नेकपा माओबादि केन्द्रमा प्रबेश गरेका छन् । प्रबेश पछि बोल्दै उनले बामगठबन्धनको स्वागत गर्दै उमेद्वारहरु जिताउन लागि पर्ने बताए ।

0 comments

Write Down Your Responses