Powered by Blogger.
अस्थिर सरकारका कारण देश अगाडि बढ्न सकेन– खतिवडा

भिमफेदी, २ मंसिर / वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार बिरोध खतिवडाले अस्थिर सरकारका कारण देश अगाडि बढ्न नसकेको भन्दै स्थिर सरकारका लागि प्रतिनिधि र प्रदेश सभाको निर्बाचनमा वामगठबन्धनका साझा उमेद्वारलाई मतदान गर्न आग्रह गरेका छन् । आज भिमफेदी गाउँपालिका ८ मा भएको चुनावी जनसभामा बोल्दै उमेद्वार खतिवडाले आजको आबश्यकता बाम एकता भएको प्रष्ट पारे । वाम शक्तिहरु एकैठाउँ उभिएकाले पनि अन्य दलहरु आत्तिएर बिभिन्न तथ्यहिन कुराहरुलाई बढवा दिन थालेको समेत बताए । उनले भने– ‘ वामगठबन्धन जित नजिक पुगेकोले काँग्रेस–राप्रपा आत्तिएका छन्’।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा क का उमेद्वार कुमारी मोक्तानले विकासमा पछि परेको क्षेत्रलाई विशेष ध्यान दिने बताउँदै पाँच वर्षसम्म सेवा गर्ने अवसर प्रदान गर्न मतदातालाई आग्रह गरीन् । जनताको हितको निम्ति बामगठबन्धनका साझा उमेद्वारले जित्नुपर्ने उनको भनाई थियो । वामगठबन्धनका ७ नम्बर निर्बाचन परीचालन कमिटिका संयोजक सिता घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सचिब एबम् बामगठबन्धनका क्षेत्र नम्बर २ का निर्बाचन परीचालन कमिटिका संयोजक एकालाल श्रेष्ठ, नेकपा माओबादि केन्द्र मकवापुरका कार्यालय सदस्य प्रकाश पाण्डे, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, भिमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्बती राना, नेकपा एमाले निर्बाचन कमिटीका संयोजक मदन दाहाल, सानु थापालगायतकाले बोलेका थिए ।

0 comments

Write Down Your Responses