Powered by Blogger.
ललितपुरको माटो छोएर कसम खाए नवराजले


ललितपुर । “म यो माटोको कसम खाएर भन्छु म अन्यायको विरुद्ध लड्नेछु, म कुनै पदमा रहदा नरहदा कहिले पनि यो मुलुकमाथी गद्दारी गर्नेछैन, भष्टाचार गर्ने छैन, तपाइहरुको दुख र दर्दमा सँगै रहनेछु, मेरो जीवनको अन्त्यसम्म देशको लागी लड्नेछु, इमान्दारितापूर्वक यो मुलुकको लागि काम गर्नेछु ।”

आफ्नो हातमा जमिनको माटो उठाएर स्टेज चढ्दै प्रतिनिधी सभा उम्मेदवार नवराज सिल्वालले आफ्नो जीवन राष्ट्रको विकासको लागि हुने भन्दै उक्त कसम खाएका हुन् । ललितपुर १ का प्रतिनिधी सभा सदस्य पदका बाम गठबन्धनका उम्मेदवार नवराज सिल्वालले चुनाव प्रचारका क्रममा गोदावरीको क्षेत्रीय सभामा उक्त कुरा बताएका हुन् । 

मन्तब्यका क्रममा उनी अगाडी भन्छन्, “देशको कुरा गर्दा मन चुडिएर आउँछ, बार्षिक पाँच लाख मान्छे विदेशिन्छन । कति युवा मध्यपूर्वमा पसिना र रगत बगाइरहेको छन, कति स्कुल पढ्दै अष्टे«लिया र अमेरिका जाने सपना बुन्दैछन् । विदेश जाने मध्ये मध्यपूर्वबाट हरेक बर्ष १८ सय जना लाश बनेर फर्केर आउँने गरेका छन् । देशले कोल्टे फे¥यो, तर नयाँ वादशाह राजा खेलबाड गरिरहेका छन्, ठूला योजनामाथि खेलबाड छ, नेपाली सबैको ढुकढुकीमाथि लात हानिएको छ, त्यसैले  अव राष्ट्र बनाउँने बेला आएको छ ।”

गठबन्धनमा २ सय जना प्रवेश

बाम गठबन्धनबाट संयुक्त रुपमा गरिएको उक्त चुनावी सभामा विभिन्न पार्टीबाट २ सय जना प्रवेश गरेका छन् । राप्रपा प्रजातान्त्रिक केन्द्रीय सदस्य राजेश गौतम क्षेत्री सहित नेपाली कांग्रेस, नेकपा मालेका क्षेत्रीय र नगरस्तरिय नेता तथा कार्यत्रकर्ता प्रवेश गरेका हुन् । 

भरत बहादुर विष्ट, नकुल विष्ट, गोकुल विष्ट, राम बहादुर खत्री, राजेन्द्र बस्नेत, नवराज सिल्वाल, रामनारायण सिल्वाल, अच्युत सिल्वाल, लक्ष्मण पहरी, लालबहादुर पहरी, परशुराम सिल्वाल, रविमान पहरी, रत्नमान पहरी, धनबहादुर पहरी, श्याम पहरी, निमा पहरी, रमेश पहरी लगायत २ सय जना गठबन्धनमा प्रवेश गरेका छन् । 

माओवादी केन्द्रका केन्द्रीय नेता लिलामणी पोखरेल, एमाले पोलिटब्यूरो सदस्य रघुजी पन्त, एमाले नेत्री शुसिला नेपाल, एमाले जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार, माओवादी जिल्ला इञ्चार्ज हरि दहाल उम्मेदवारहरु प्रतिनिधी सभा तथा प्रदेश सभाका उम्मेदवारहरु नवराज सिल्वाल, शुसिला पुन, चेतनाथ सञ्जेल लगायत नेताहरुले वहाहरुलाई गठबन्धनमा स्वागत गरेका थिए ।

कार्यक्रममा नेताहरु लिलामणी पौडेल, रघुजी पन्त, सुसिला नेपाल, चेतनाथ सञ्जेल, शुसिला पुन आदिले सम्बोधन गरेका थिए । उक्त क्षेत्रीय स्तरको चुनावी सभामा हजारौको उपस्थिति रहेको थियो । 






0 comments

Write Down Your Responses