Powered by Blogger.
थाहाका वृद्धवृद्धालाई कपडा वितरण, छिट्ट ‘डे केयर सेन्टर’ खुल्ने


पालुङ । पालुङ मकवानपुरको पाण्डुकेश्वर मन्दिर परिसरमा जेष्ठ नागरिकहरुका लागि दिवा हेरचाह केन्द्र स्थापना हुने भएको छ । 

स्थानीयको धेरै प्रयासपछि लायन्स क्लब अफ काठमाण्डु समर्पणले उत्तरी मकवानपुरमै  उक्त केन्द्र स्थापना गर्न लागेको हो । लायन्सको ६० जनाको टोली पाण्डुकेश्वर क्षेत्रमा क्याटरीङ सहित पालुङ आएको थियो । 

स्थानीय निर्वाचन अघि थाहा नगरपालिका दलीय संयन्त्रका सदस्य एवम् समाजसेवी अच्युतमप्रसाद ढकालको समन्वय र सम्पर्कमा लायन्स क्लब अफ काठमाण्डु समर्पणको टोली आएको हो ।

लायन्सले पाण्डुकेश्वर परिसरमा हालको भवनमा दोस्रो तला थपेर वृद्धवृद्धाहरुको लागि ‘डे केयर सेन्टर’ सञ्चालन गर्न लागेको बताए । 

डे केयर सेन्टरका लागि विशेष पहल गरिरहेका समाजसेवी अच्युतमप्रसाद ढकालले लायन्स क्लब अफ काठमाण्डौं समर्पणले वृद्धाश्रम र उनीहरुको हेरचाह केन्द्रको सम्पूर्ण व्यवस्थापन गर्ने बताए । उनले लायन्सको यो कार्यक्रम ल्याउनमा पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो एक बर्सको प्रयास सफल भएको बताए । 

उनी भन्छन्, ‘थाहाका बृद्ध बुबा आमाहरुले केहि महिना भित्रै पान्डुकेश्वोर माहादेब मन्दिर परिसरमा धर्मिक मनोरन्जन्का साथमा भोजन सहित दिन बिताउन पाउने छन्, सो अबसर दिलाउने लाइन्स समर्पन र पान्डुकेश्वोर समितीलाइ धन्यबाद छ । ’

बुधबार पाण्डुकेश्वरमा आयोजित एक कार्यक्रममा थाहानगरमा वृद्धवृद्धाहरुको लागि सहयोग गर्ने घोषणा गर्नुका साथै प्रतिवद्धतासमेत व्यक्त गरेको थियो । पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नं. २ का वडाअध्यक्ष गुप्तबहादुर कार्की, समाजसेवी अच्युतमप्रसाद ढकाल, लक्ष्मण विष्ट, नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संगठन मकवानपुरका अध्यक्ष कमल कुमार केसी, लायन्स क्लब अफ पिस थाहाका जनसम्पर्क अधिकृत कुमार नेगी, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, लायन्स क्लब अफ काठमाण्डौं समर्पणका पूर्व अध्यक्षहरु प्रविणकुमार बन्का, संजय शिंहानिया, दिलिप अग्रवाल लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा संस्थाले थाहानगरका विपन्न र असहाय परिवारका बालबालिकालाई स्टेशनरी सहयोग गर्नुका साथै वृद्धवृद्धाहरुलाई न्यानो कपडासमेत वितरण गरेको थियो ।



0 comments

Write Down Your Responses