Powered by Blogger.
विरोध र कुमारीको जित सुनिश्चित गर्न फाखेलको खुला चौरमा अन्तक्र्रिया


फाखेल(मकवानपुर) । आसन्न मंसिर २१ को प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागि मकवानपुरको फाखेल अन्तर्गत इन्द्रशरोबर गाँउ पालिकामा संयुक्त वाम गठवन्धनको भेला सम्पन्न भएको छ ।

नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य रामेश्वर रानाको प्रमुअ आतिथ्यतामा भएको कार्यक्रममा एमाले मकवानपुरका सचिवालय सदस्य विष्णुप्रसाद ढकाल, एमाले जिल्ला सचिवालय सदस्य तथा नेपाल लोकतान्त्रिक आदिवाशी जनजाति महासंघका केन्द्रीय सचिव रामचन्द्र बल, वुद्धिजीवी भोजराज ढकाल, गाँउ पालिका अध्यक्ष जीवन लामा लगायतको उपस्थिति थियो । 

इन्द्र शरोवर गाँउ पालिकाको वडा नम्बर ५ अन्तर्गत खड्वु दोभानमा संयुक्त अन्तरक्रिया तथा वडा नम्बर ४ अन्तर्गत पुरुण्डीमा पनि संयुक्त भेला भएको हो । 

पुरुण्डीमा खुला चौरमा बसेरै अन्तक्र्रिया भएको थियो । त्यसका लागि टाढा टाढाबाट जनता तथा कार्यकर्ताहरु आएका थिए । 

कार्यक्रममा सहभागीहरुले सो क्षेत्र अन्तर्गतका प्रतिनिधी सभा उमेद्वार बिरोध खतिवडा र प्रदेश सभा उमेद्वार कुमारी मोक्तानलाई जसरी पनि जिताएरै छाड्ने प्रण गरे । 




0 comments

Write Down Your Responses